---Advertisement---

चुनाव चिन्ह नआउँदै महावीर पुनले पश्चिम म्याग्दी फन्को लगाउँदै

On: January 22, 2026 2:28 PM
Follow Us:

मनोनयन दर्ता गरे लगत्तै चुनाव चिन्ह नलिई पश्चिम म्याग्दीमा चुनावी अभियानमा पुग्नुभएका डा.महावीर पुनले किताब बेच्दै आफ्नो चुनावी अभियान सञ्चालन गरिरहनुभएको छ । बेनी–दरबाङ सडकखण्ड हुदै दरबाङ बजारबाट हातमा किताब लिएर मतदातासँग भेटघाटमा ब्यस्त रहनुभएका डा.पुनले आफ्नो उम्मेदवारीका बारेमा समेत प्रष्ट पार्ने प्रयास गर्नुभएको छ ।

स्वतन्त्रबाट उम्मेदवारी दिएकाले डा. पुनले अहिले चुनाव चिन्ह नभएपनि महाबीरलाई भोट हाल्नुहोला भन्दै ठड्यौली पारमा आफ्नो भनाई ब्यक्त गरिरहनुभएको छ। मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो उम्मेदवार दर्ता गरेपछि केहीघण्टामा पश्चिम म्याग्दीतर्फ लाग्नुभएका डा.पुनले धवलागिरी गाउँपालिका विभिन्न बस्तीमा पुगेर बिहिरबार मालिका गाउँपालिका–५,देविस्थानमा पुग्ने योजना छ ।


प्रतिनिधिसभा सदस्यमा कुनै राजनीतिक दलको प्रस्ताबलाई इन्कार गरी एक्कासी शिक्षा मन्त्रीबाट राजिनामा दिएर मैदानमा उत्रिनुभएका डा.पुनको चर्चा भइरहेको छ ।अहिले गाउँघरमा पुस्तक बिक्रीसँगै उम्मेदवार बनेर पुगेपछि स्थानीयस्तरमा स्वागत तथा पुस्तक किन्नेको भिड नै लाग्ने गरेको सहयोगी चित्र तिलिजाको भनाई छ ।

‘पुस्तक बिक्रीको रकम कारखानामा जान्छ, हामीले चुनावी खर्चमा ठूलौ पैसा जुटाउनु नै पदैन’ तिलिजाले भन्नुभयो । चुनाव चिन्ह पाएपछि अभियानलाई झनै तिब्र बनाउने सहयोगी तिलिजाको भनाई छ । बिहिबार र शुक्रबार मालिका गाउँपालिकाको देविस्थान, रुम क्षेत्रमा पुगेर सदरमुकाम बेनीबजार आउने योजना रहेको महाविर पुन निर्वाचन परिचाल समितिले जनाएको छ । जिल्लामा दलिय प्रतिस्पर्धामा महावीरको स्वतन्त्र उम्मेदवारीले चर्चा सुरु भएको छ ।


स्रोतले दिएको जानकारी अनुसार राष्ट्रि«य स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नै म्याग्दीमा डा. पुनलाई सघाउन प्रारम्भीक छलफल गरेकाले शुक्रबारसम्म एउटा नतिजा आउने बताइएको छ । चुनाव चिन्ह प्रदान गरिसके पछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन हुने छैन ।

चुनाव चिन्ह प्रदान गर्नु अघि शुक्रबारसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएकाले रास्वपा र स्वतन्त्र उम्मेदवार पुन समुह बिच औपचारिक छलफल सुरु भएको रुटिन अफ नेपाल बन्दले सार्वजनिक गरिसकेको छ । जिल्लामा रास्वपा सभापति रोकाले समेत छलफल भइरहेको बेनीअनलाइनलाई बताउनुभयो ।

म्याग्दीमा रास्वपाका उम्मेदवार जिल्ला सभापति यूवराज रोकाले उम्मेदवारी फिर्ता लिएर महावीरलाई समर्थन गरेमा निर्वाचन थप रोचक बन्ने छ । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

Leave a Comment