---Advertisement---

आज उम्मेदवारले चुनाव चिन्ह पाउने

On: January 23, 2026 11:36 AM
Follow Us:

आज दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । त्यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले नाम फिर्ता लिन सक्नेछन् ।

आजै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ । प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी परेको थियो ।

त्यसमध्ये कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टी नेपालबाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । चौधरी विरुद्ध अस्ति बुधवार उजुरी परेको थियो । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि उजुरीका आधारमा मात्र नभई आफ्नै अनुसन्धानका आधारमा पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

आयोगका अनुसार आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ । उजुरी नपरे पनि आयोगले स्वअध्ययनमार्फत आचारसंहिताविपरीत काम गर्नेहरूमाथि निगरानी बढाएको छ । 

Leave a Comment