---Advertisement---

महाबीर पुनले पाए त्रिभुज चुनाव चिह्न

On: January 23, 2026 6:08 PM
Follow Us:

म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएको पूर्व शिक्षा मन्त्री डा. महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । पश्चिम म्याग्दीको चुनावी अभियान सकेर सदरमुकाम बेनी आइपुगेका डा. पुनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मतदातालाई भोट हाल्न सजिलो हुने भन्दै उक्त चुनाव चिह्न रोज्नुभएको छ ।


मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले स्वतन्त्र उम्मेदवारले रोज्न मिल्ने चुनाव चिन्ह देखाएपछि आफ्ना निकटहरूसँगको छलफलपछि चुनाव चिन्ह रोज्न निवेदन पेश गर्नुभएको थियो । निवेदन पेश गरेपछि उम्मेदवार डा.पुनलाई चुनाव चिह्न प्रदान गरिएको थियो ।म्याग्दीमा १ स्वतन्त्र उम्मेदवारी फिर्ता गरेपछि डा. पुन र ११ जना दलीय उम्मेदवार कायम भएको छ । चुनाव चिन्ह रोजेपछि डा. पुनले अब चुनाव चिन्ह ‘सहित चुनावी अभियानमा निस्किने बताउनुभयो । अब बिजुलीको गतिमा चुनावी अभियानमा निस्कने पुनको भनाई छ ।

Leave a Comment