---Advertisement---

पाँचबर्षपछि म्याग्दीमा हिमपात, जनजीवन कष्टकर

On: January 24, 2026 9:01 AM
Follow Us:

हरिकृष्ण गौतम

म्याग्दीमा पाँचबर्षपछि हिमपात भएको छ । हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रको बस्तीमै शनिबार विहान देखि यस वर्षको पहिलो हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि हिउँदेबाली सप्रने भएकोले कृषकहरु खुसी भएका छन् । लामो समयसम्म वर्षा र हिमपात नहुँदा हिउँदेबाली र तरकारी खेती सुक्न लागेको थियो । जिल्लाका मालिका,धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने बेनी नगरपालिका, मंगला गाउँपालिका आसपासमा हल्ला बर्षा भइरहेको छ ।


‘हल्का बर्षासँगै भएको हिमपात भएको छ, यस क्षेत्रमा बस्ती नै सेताम्मे भएको छ’ धवलागिरी गाउँपालिका–२, लुलाङका शिक्षक दर्पण रोका मगरले बेनीअनलाइनलाई भन्नुभयो । समयसम्म वर्षा र हिमपात नहुँदा खेतीबाली राम्रो नहुने भयो भनेर चिन्तित थियो,यो हिमपात र वर्षाले केही राहत भएको छ’ एक कृषकले भन्नुभयो ।

वर्षासँगै हिमपात भए पछि चिसो भने निकै बढेको छ ।मौसममा आएको परिवर्तनसँग चिसो बढेपछि वृद्धवृद्धा र बालबालिकालाई सतर्कता अपाउन अनुरोध गरेका छन् । जिल्ला कृषि विकास कार्यालय म्याग्दीले हिमपात र बर्षाले कृषिजन्य बस्तुको उत्पादनमा सघाउने जनाएको छ । माघ महिना लाग्दासमेत वर्षा र हिमपात नहुँदा खेतीपातीमा असर गरिरहेको अवस्था शनिबार सामान्य बर्षासँगैको हिमपातले हिमपात किसानले राहत महसुस गरेका छन् ।

Leave a Comment