म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बिरेन्द्रचोकमा आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले पत्रकार सम्मेलन गरी देशमा सुधार ल्याउन आफुँले उम्मेदवारी दिएको बताउनुभएको छ । शिक्षा क्षेत्रमा आमसुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने र मैले ल्याउन खोजेकोतीनवटा अध्यादेश र चारवटा नियमावलीमा जालझेल भएपछि नसोचेको निर्णय गरी चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

डा.पुनले शिक्षा सहित नेपालको अर्थतन्त्रको सुधारमा अब यूवापुस्ताको सक्रियता आवश्यक रहेको बताउनुभयो । डा पुनले यूवाहरुको सक्रियता बिना अब केही सम्भव नभएकाले आफुँले यूवाहरुलाई जोड्ने प्रयास गर्ने बताउनुभयो । नेपालमा धेरै काम गर्न सकिने भएकाले यसपटकको आफ्नो उम्मेदवारी देशलाई सन्देश भएको बताउनुभयो । बलियो विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने योजनासँगै अब चुनावमा होमिएको डा. पुनको भनाई थियो ।
हेनुहोस् भिडियो र फोटोहरु











