---Advertisement---

नेकपाका उम्मेदवार अर्जुन थापाले माग्नुभयो व्हाट्सएपबाट सुझाव

On: January 26, 2026 10:27 PM
Follow Us:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुन थापाले व्हाट्सएपबाट सुझाव माग्नुभएको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान अन्तरगत घरदैलो अभियानमा ब्यस्त थापाले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई आफ्नो व्हाट्सएपबाट नम्बर ९८५११५७३०७ मा म्याग्दी जिल्लाका लागि गर्न सकिने विकास निर्माण सहित जनपक्षिय सुझावहरू पठाउन अनुरोध गर्नुभएको छ ।

‘म्याग्दीका लागि मैले आफ्नो क्षमताले पुगेसम्म काम गरेको छु, जिल्लाभित्र र बाहिर बस्ने म्याग्देलीलाई दुख पर्दा सक्ने सहयोग गरेको छु ,अब जनप्रतिनिधिको भूमिकामा बसेर काम गर्ने गरी मैदानमा आएको छु’ उम्मेदवार थापाले बेनीअनलाइनलाई भन्नुभयो ।

चुनावी अभियानमा ग्रामिण क्षेत्रमा घरदैलो अभियानका केन्द्रित हुनुभएका थापाले आफ्नो प्रतिबद्धता पत्रमा समेत समेट्ने गरी जिल्लाका लागि गर्न सकिने कामहरु मतदाताबाटै मागेर मतदातालाई दिने बताउनुभयो । म्याग्दीको धवलागिरी गाउँपालिका–७, का थापाले मतदाताको सुझावकै आधारमा आफ्ना भावी योजनाहरु ऋ गाडी बढाउने बताउनुहभयो ।


शिवाङमा रहेको हेम (नमुना आवासीय) माविमा वि.स. २०५६ मा अनेरास्ववीयु क्रान्तिकारीको प्रारम्भिक समितिको अध्यक्ष बनेर राजनीतिक यात्रा शुरु गर्नुभएका नेकपाका उमेद्वार थापा नेकपाको विशेष प्रदेश समन्वय समितिको सचिवालय समेत हुनुहुन्छ । म्याग्दीबाट काठमाण्डौमा समस्या परेकाहरुलाई आर्थिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने थापाले सामाजिक कार्यसँगै राजनीतिकलाई समेत सँगै लगेको बताउनुहुन्छ ।

थापाको नेतृत्वमा काठमाडौमा स्वतन्त्र रक्तदाता समूहले बिरामीहरुलाई निशूल्क रगतको ब्यवस्था मिलाउदै आएको छ । ५२ पटक रक्तदान गरेका थापाले आफ्नो समूहले १० हजार जना भन्दा बढी बिरामीलाई उपचारका लागि निशूल्क रगतको व्यवस्था मिलाउने गरेकाले काठमाण्डौमा रगत अभाव भएमा थापालाई सम्झिने धेरै छन् ।


धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा पछिल्लो तीन वर्षयता विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण समेत गदैं आउनुभएको छ । संसदमा नवयुवा पुस्ताको भावना र आवाज तथा माग अनुसारको नीति निर्माणका लागि आवाज उठाउन, संसदमा म्याग्दीको तर्फबाट बलियो उपस्थिति देखाउने र विकास निर्माणका लागि सरकारसँग पहुँच स्थापित तथा स्थानीय स्तरमा समन्वयको मुद्दालाई अघि सारेको अवस्थामा मतदातााबाट प्राप्त हुने सुझावले सहज हुने बताउनुभयो ।

Leave a Comment