म्याग्दी पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिममा चुनावी अभियानमा रहनुभएका म्याग्दीका प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले आगामी २१ फागुनमा हुने निर्वाचनलाई आवश्यक खर्च सङ्कलनका लागि बैक खाताको क्यूआर कोड सार्वजनिक गरेका छन् ।
राष्ट्रि«य वाणिज्य बैंकमा खोलिएको खातालाईै निर्वाचन अवधिभर मात्रै सञ्चालन गरिने डा.पुनको भनाई छ । मनोनयदर्तापछि दोस्रोपटक पश्चिम म्याग्दीमा मतदाता भेटघाटमा ब्यस्त पुनले आफ्ना समर्थकहरू, शुभचिन्तकको आग्रहमा आर्थिक सहयोगका लागि आफ्नो आधिकारिक फेसबुकमार्फत क्यूआर कोड सार्वजनिक गरेपछि आर्थिक सहयोग जुट्न थालेको छ ।
मुख्य निर्वाचन अधिकृतकको कार्यालयले निर्वाचनमा खर्च हुने आर्थिक बैंक खातामा जम्मा गर्नुपर्ने, खातामार्फत खर्च गर्नुपर्ने र सबै विवरण उपलब्ध् गराउनुपर्ने निदैशनको आधारमा खाता सञ्चालन गरिएको डा. पुनको निर्वाचन परिचालन समितिका सदस्य चित्र तिलिजाको भनाई छ ।
म्याग्दीमा प्रतिनिधिसभा सदस्यलाई निर्वाचन आयोगले ३१ लखको खर्च गर्न पाउने सिमा तोकेको छ । निर्वाचनको अभियानमा पुस्तक बिक्री गरेपनि उक्त आर्थिकलाई कारखाना बनाउन प्रयोग गरिने भएकाले आर्थिक सहयोग जुटाएर नै चुनावी खर्च जुटाउने डा. पुनले यसअगाडी बताइसक्नुभएको छ । यसैबीच डा.पुनल निर्वाचन परिचालन टिमलाई समेत निर्वाचन आयोगको तोकिएको खर्चको सिमा भित्र बसेर काम गर्न निर्देशन दिएका छन् ।












