म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोडिङ सेकेण्डरी स्कुलको आयोजनामा १४ औं बेनी बोर्डिङ कप प्रतियोगिताको उद्घाटन गरिएको छ । विद्यालयको प्राङगणमा फुटबल प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले उद्घाटन गदैं विद्यालयस्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले प्रतिभा पहिचान हुने बताउनुभयो । म्याग्दीमा विद्यालयस्तरमा हुने खेलकुद प्रतियोगिताका प्रतिभालाई उचित अवसरका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

सोही अवसरमा बेनी नगरपालिकाका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले म्याग्दीमा फुटबल प्रतियोगितामार्फत खेलाडीले अवसर अनुसारका नतिजाका लागि प्रगति भइरहेको बताउनुभयो । सोही अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष बिक्रम बोगटीले मन्तब्य राख्नुभएको थियो ।

अन्तर आधारभुत तह (कक्षा १–८) मुनीका विद्यालयहरु सहभागी हुन पाईने प्रतियोगितात्मक खेलहरु भने वुधवारदेखी बेनीको खुल्ला मञ्चमा संञ्चालन हुने छ । प्रतियोगितामा विभिन्न १७ विद्यालयले सहभागीता जनएको प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार नगदसहित कप, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले २० हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् ।


विद्यालयका प्रबन्ध निर्देशक सनम बानियाँको अध्यक्षता, प्रिन्सिपल हरिकृष्ण पौडेलको स्वागत तथा कार्यक्रमको संचालक शिक्षक विशाल खत्रीले गर्नुभएको थियो । बेनी बोर्डिङ कपले आधारभुत तहको फुटबलमा निकै लोकप्रिय मानिन्छ ।











