---Advertisement---

जलजला गाउँपालिकाका उत्कृष्ट १० उद्यमी छनौट, जनही १ लाख प्रोत्साहन सहयोग

On: January 27, 2026 9:50 PM
Follow Us:

पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत उत्कृष्ट १० भित्र छनौट भएका पालिकाभित्रका उद्यमीहरुलाई सम्मान गरिएको हो । उत्कृष्ट २० उद्यमीमा समेटिएकामध्येका उद्यमीको उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस भोटिङतर्फ २५ प्रतिशतको मुल्याङ्कनबाट उत्कृष्ट १० उद्यम घोषणा गरी सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले जानकारी दिनुभयो ।


उत्कृष्ट १० उद्यमीलाई ४० प्रतिशत थप रकम साझेदारी गरि प्रविधि खरिदका लागि जनही नगद रु १ लाख नगद सहयोग समेत गरिएको छ ।उत्कृष्ट उद्यमीको रुपमा टपरी एग्रो प्रा.लिकी जमुना आचार्य, जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री,पाईजा अर्गानिक फलफुल तथा पशुपंक्षी फर्मकी बसन्ती पाईजा, पाईजा नर्सरी फर्मका नरबहादुर पाईजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र हरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मी छनौट हुनुभएको हो ।


कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य , उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमलगायतले उत्कृष्ट उद्यमीहरुलाई सम्मान गर्नुभएको थियो । उद्यमी सम्मान गर्दै पर्यटन मन्त्री बस्यालले जलजला तरकारि,फलफुल, पशुपालन र लघुउद्यममा सम्भावनायुक्त रहेको बताउनुभयो । गण्डकी प्र्रदेशभित्रका पाँच गाउँपालिकामा सञ्चालित यस कार्यक्रमको प्रभावकारिताका आधारमा यसलाई अन्य पालिकाहरुमा समेत विस्तार गरिने मन्त्री बस्यालले बताउनुभयो ।


कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य , उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमलगायतले उत्कृष्ट उद्यमीहरुलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट उद्यमीको रुपमा सम्मानीत हुनुभएकी जमुना आचार्य र कमला बानियाँ थापाले सम्मानले उत्साहित भएको बताउनुभयो । जलजलाका नौ वटै वडाबाट १५४ जना उद्यमीहरुले आवेदन दिएकोमध्ये उद्यमीको उदेश्य, सोच, वित्तिय अवस्था, नवप्रवद्र्धन, उद्यमको वर्तमान अवस्था लगायतको सूचकका आधारमा पहिलो चरणमा चालिस जना उद्यमीको रुपमा छनौट भएका उद्यमीहरुलाई तालिम दिएर व्यावसायिक योजना तयार गर्न लगाएर दोस्रो चरणमा २० जना उत्कृष्ट उद्यमी छनौट गरीएको थियो ।


यस कार्यक्रम मार्फत गत आ.व. २०८१÷२०८२ मा उत्कृष्ट २० मा छनौट भएका उद्यमीहरुलाई न्युनतम रु ५० हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद रु २५ हजार पुरक अनुदान प्रदान गरि सकिएको छ भने ४० भित्र परेका तर उत्कृष्ट २० बाट बाहिरिएका २० जना उध्यमिलाई यो आर्थिक बर्षमा ३४ हजार बराबरको प्रबिधि खरिदका लागि जनही नगद रु २० हजार बराबरको पुरक अनुदान प्रदान गरिने भएको छ । उत्कृष्ट २० बाट छानिएर आएका १० जना उद्यमीमध्ये एक जनालाई पालिकाको सर्वोकृष्ट उद्यमी घोषणा गरिने छ । सर्वोकृष्ट हुने एक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप रु १ लाख ५० हजारको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष आचार्यको भनाई छ ।


यस कार्यक्रमले उद्यमीहरुलाई उद्यमको योजना निर्माण, उद्यमीहरुलाई बृद्धिमुखी योजना सम्बन्धि तालिम दिने, नवप्रवद्र्धन सम्बन्धी प्रविधि सहयोगमा सहयोग गरेको छ । जलजलामा प्रदेश सरकारको रु ४० लाख, पालिकाको रु २० लाख र र दायित्व संस्थाको रु १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवद्र्धन र रोजगारी सिर्जनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

Leave a Comment