---Advertisement---

राहुघाट जलविद्युतमा सुरक्षा गार्ड मृत भेटिए

On: January 29, 2026 7:16 PM
Follow Us:

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३,मा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् । जलविद्युत आयोजनाको अन्डरग्राउण्डमा हाइड्रोपावरमा इलाम घर भएका ५० वर्षीय भीष्म पौडेलको शब संकास्पद अवस्थामा भेटिएको थियो । बिहिबार विहान करिब साढे ८ बजे टाउकोमा चोट लागेको अवस्थामा भेटिएका पौडेलको शब बेनी अस्पतालमा राखिएको छ ।


घटना संकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धा गरिरहेको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बेनीअनलाइनलाई बताउनुभयो । दुर्घटना वा नियतबस भन्ने बारेमा अनुसन्धान भइरहेको छ । स्रोतका अनुसार टाउकोमा चोट, माथिबाट खसालेजस्तो देखिएको छ । म्याग्दी जिल्लामा जलविद्युत आयोजनामा बर्षेनी मजदुरले ज्यान गुमाउने गरेका छन् ।

Leave a Comment