म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा सञ्चालित १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको उपाधि बेनी सामुदायिक माविले जितेको छ । शनिबार खुल्लामञ्चमा भएको प्रतियोगितामा न्यु वेष्टपइन्ट आवासीय माविलाई ०–१ गोलले पराजित गदैं उपाधि आफ्नोृ पोल्टामा पारेको हो । प्रतियोगितामा विजेता, उपबिजेतालाई क्रमश ३५ हजार, २० हजाररुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रमुख अतिथि जिल्ला फुटबल संघको अध्यक्ष कुमार बानियाँले वितरण गर्नुभएको थियो ।
सेमिफाइनल खेलमा बेनी सामुदायिक माविले आयोजक बेनी बोर्डिङ सेकेण्डरी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । अर्को खेलमा सेमिफाइनल खेलमा न्यू वेष्टपइन्ट एकेडेमीले प्रकाश माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो। फाइनल खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो ।
प्रतियोगितामा अन्तर–आधारभूत तहअन्तर्गत कक्षा १ देखि ८ सम्मका जिल्लाका १७ वटा विद्यालय सहभागी रहेको खेल संयोजक विशाल खत्री जानकारी दिनुभयो । विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो । म्याग्दीमा आधारभुत तहको फुटबलमा बेनी बोर्डिङ कप निकै लोकप्रिय छ।








