---Advertisement---

‘गुलाफको फूल’ लिएर घरदैलोमा नेकपा माओवादीका उम्मेदवार घिमिरे

On: January 31, 2026 10:20 PM
Follow Us:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट म्याग्दीमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार क्षेत्रबहादुर घिमिरे (धुब्र) आसन्न निर्वाचन लक्षित गरी पश्चिम म्याग्दीको विभिन्न बस्तीमा घरदैलो अभियानमा हुनुहुन्छ । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वमा रहेको माओवादीले पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेसँगै बेनी नगरपालिका–२, बगरफाँटका घिमिरेले धवलागिरी, मालिका र मंगला गाउँपालिका क्षेत्रमा घरदैलो अभियान तथा माओवादीका नेता कार्यकर्ताहरू भेटघाट संगठन विस्तार र निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त रहेको नेकपा माओवादीका नेता गोपाल पौडेलले बताउनुभयो ।


पौडेल भन्नुहुन्छ,‘‘मतदातामा उत्साह छ, हामीलाई पहिला नै चुनावी अभियानमा देख्न चाहनेहरु समेत भेटिनुभएको छ’’ पौडेलले भन्नुभयो।चुनावी अभियानको क्रममा नेपाल सरकारल् प्रतिबन्ध लगाउँदा समेत नेताहरुलाई आश्रयस्थल मानिएको मालिका गाउँपालिकाका विभिन्न बस्तीमा रहेका कार्यकर्ताले चुनावमा बलियो मत दिने वातावरण बनाउने प्रतिबद्धता समेत जनाएको नेता पौडेलको भनाई छ ।


मनोनयनदर्ता लगत्तै चुनावी अभियानको क्रममा विभिन्न स्थानमा पुग्दा तत्कालिन माओवादी जनयूद्ध ताका समुदायसँग घुलमिल भएको स्मरण भएको उम्मेदवार घिमिरेको भनाई छ । पार्टीको एजेण्डा सहित मतदाताको घरदैलोमा पुगेको बताउँदै घिमिरेले चुनावअवधिभर जिल्लाका सबै बस्तीमा पुगेर मतदातालाई मतदानका लागि अनुरोध गर्ने बताउनुभयो । यसैबीच जिल्लामा निर्वाचनका लागि समेत नेकपा माओवादीले विभिन्न उपसमिति बनाएको छ ।

Leave a Comment