आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि छिमेकी जिल्ला बागलुङलाई आवश्यक पर्ने निर्वाचन प्रहरी म्याग्दीबाट पठाइएको छ । बागलुङमा माग अनुसार निर्वाचान प्रहरीको आवेदन नपरेपछि म्याग्दी प्रहरीबाट आइतबार १ सय ८४ जना पठाइएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।
‘छनौट भएका .र पायक पर्नेलाई बागलुङ पठाएका छौ,अझैपनि माग छ ।’’बागलुङमा म्याग्दीबाट २ सय १२ जना निर्वाचन प्रहरीको ब्यवस्थापन गर्नुपर्ने भएकाले बैकल्पिकमा नाम भएकाहरुलाई सम्पर्क गरी पठाउने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
विगतका बर्षमा म्याग्दीबाट छिमेकी जिल्ला मुस्ताङमा पठाउने गरिएपनि म्याग्दीबाट बागलुङमा निर्वाचनका लागि पहिलोपटक निर्वाचन प्रहरी लिएर व्यवस्थापन गरिएको हो । निर्वाचन प्रहरीकालागि आइतबारदेखि तालिम सुरु भएको छ ।
.









