म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजना गरिएको एसइई लक्षित माध्यमिकस्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी न्यू वेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । बिहिबार क्याम्पसमा आयोजित प्रतियोगितामा द्वितीय प्रकाश माध्यमिक विद्यालय, तृतिय लिटल गार्डेन एकेडेमी भएको सचिव मन्जुर कटुवाल क्षेत्रीले बताउनुभयो ।

प्रतियोगितामा विजेतालाई क्याम्पस प्रमुख श्रीधर सुबेदी, सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले पुरस्कार वितरण गर्नुभएको थियो । उक्त प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहेको थियो । स्ववियु सभापति संगम चोखाल क्षेत्रीले विद्यार्थीमा रहेको विभिन्न प्रतिभाको पहिचानका साथै क्याम्पसका बारेमा जानकारी गराउन प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

म्याग्दी र पर्वतका विद्यार्थीको रोजाइमा क्याम्पसलाई पार्ने गरी विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिले जोड्ने प्रयास भइरहेको सभापति क्षेत्रीको भनाई छ । अध्यक्षता स्ववियु सभापति क्षेत्री,स्वागत मन्तव्यःसहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरेले गर्नुभएको थियो।प्रतियोगिताको अवसरमा सहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरे, नारायण प्रसाद सुवेदी, विभागीय प्रमुखहरु मानविकि बिभाग प्रमुख नारायण पौडेल, व्यवस्थापन बिभाग प्रमुख विष्णु आचार्य, शिक्षा विभाग तथा प्राध्यापक संघ अध्यक्ष प्रेम बहादुर जिसी लगायत अन्य प्राध्यापक र विद्यार्थीको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा नेपाली तर्फःप्राध्यापक रेखा रेग्मी,अङ्गेजी तर्फःटिकाराम सापकोटा,सामाजिक तर्फ नारायण पौडेल र विज्ञान र गणित तर्फ नारायन प्रसाद पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।










