---Advertisement---

म्याग्दी समाजको भलिबलको उपाधी मोना क्वीन्सल्याण्ड र आयोजकलाई

On: February 2, 2026 11:53 AM
Follow Us:

म्याग्दी सेवा समाज बन्डाबर्गद्धारा आयोजित भलिबल प्रतियोगिता पुरुषको उपाधि मोना अष्ट्रेलिया क्षेत्रिय कार्यसमिति क्वीन्सल्याण्डले जितेको छ । नेपालीहरुको भेटघाट तथा नेपाली बिचको एकता र सहकार्यका लागि आयोजित प्रतियोगिता मोनाले सोझो तिन सेट नै हात पादैैं उपाधि जितेको हो ।

टेकराज अवस्थीको कप्तानीमा रहेको मोनाले उत्कृष्ट खेल प्रर्दशन गरेको थियो । महिलातर्फ आयोजक म्याग्दी सेवा समाज बन्डाबर्गले जितेको आयोजकले जनाएको छ । महिला विजेताको कप्तानी कल्पना पटेलले गर्नुभएको थियो । प्रतियोगितामा बिजेताले क्रमश १२ डलर,६ सय डलर, ट्र«फी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । त्यसैगरी महिलातर्फ ६ सय डलर प्रथम पुरस्कार, द्धितियलाई ३ सय डलर सहित ट्र«फी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

म्याग्दी सेवा समाज बन्डाबर्गका अध्यक्ष चित्रबहादुर विश्वकर्माले प्रतियोगिता पुरस्कारका लागि भन्दा पनि सहकार्यका लागि आयोजना गरिएको बताउनुभयो । प्रतियोगितामा अनुशासित खेल, टिमवर्क र आत्मविश्वासका साथ उपाधि जितेको मोना अष्ट्रेलिया क्षेत्रिय कार्यसमिति क्वीन्सल्याण्डका अध्यक्ष रमेश रोकाले बताउनुभयो । प्रतियोगिताले नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र खेलकुदप्रतिको उत्साहलाई अझ मजबुत बनाएको अध्यक्ष रोकाको भनाई छ ।

Leave a Comment