छन्त्याल जातिको उत्पत्ति र इतिहासको खोजी तथा भाषा, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले जातिय उत्थान र पहिचानका अभियन्ता छन्त्याल समुदायका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर छन्त्यालको स्मृतिमा २०७२ सालमा स्थापना भएको छन्त्याल सर्वमान्य फाउडेशनको आज नेपाल छन्त्याल संघको केन्द्रिय कार्यालय मनमैजु काठमाडौंमा सम्पन्न १२औं स्मृति दिवस तथा दशौं वार्षिक साधारणसभाले दिपबहादुर छन्त्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

नेपाल छन्त्याल संघका पूर्वअध्यक्ष तथा निर्वाचन समितिका संयोजक इन्द्रजीत छन्त्यालद्धारा घोषित निर्विरोध निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षः मिमप्रसाद छन्त्याल–लाम्मेला, सचिवः देवमति छन्त्याल–निसी, कोषाध्यक्षः थममाया छन्त्याल–खुंखानी, सहसचिवः भ्रमबहादुर छन्त्याल–घोषाखानी, सदस्यहरुमाः यामबहादुर छन्त्याल–नर्जाखानी, तारादेवी गौचन छन्त्याल–मंगलेखानी, लोकशंकर छन्त्याल– बोङ्गखानी र नरकुमारी छन्त्याल–घैयाखानी रहेका छन ।

नेपाल छन्त्याल संघ केन्द्रिय समितिका अध्यक्ष हरिचन छन्त्यालको अध्यक्षता तथा छन्त्याल सर्वमान्य फाउण्डेशनको सहअध्यक्षतामा संयुक्तरुपमा आयोजित स्व. दिलबहादुर छन्त्यालको १२औं स्मृति दिवसलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि तथा छन्त्याल संघका पूर्वअध्यक्ष, संरक्षक मनिचन छन्त्याल र पूर्वअध्यक्ष इन्द्रजीत छन्त्याल, सल्लाहकार मिमप्रसाद छन्त्याल र बेलायत छन्त्याल संघका पूर्वअध्यक्ष हेमप्रसाद छन्त्यालले स्व. दिलबहादुर छन्त्यालको योगदान र महिमाको बारेमा चर्चा गर्नु भएको थियो ।
सोहि अवसरमा फाउण्डेशनका नवनिर्वाचित अध्यक्ष दिपबहादुर छन्त्यालले संस्था स्थापना देखि हालसम्म १० वर्षको अवधिमा देश विदेशमा रहनु हुने ८८ जना छन्त्याल दाजुभाइ तथा दिदीबहिनीहरुबाट न्युनतम ११२३२÷– देखि अधिकतम २० लाख गरी कुल ७,९५५,८३७÷– (उनासी लाख पचपन्न हजार आठ सय सैतिस रुपैयाँ) कोष संकलन भएको जानकारी गराउँनु हुँदै उदारतापूर्वक आर्थिक सहयोग प्रदान गर्नुहुने सबै दाता लगायत यो कोष स्थापनामा प्रमुख भूमिका निर्वाह गर्नुहुने बेलायत छन्त्याल संघलाई हार्दिक आभार एवम धन्यवाद दिनु भयो ।
फाउण्डेशनको पछिल्लो आर्थिक विवरण अनुसार १० वर्षको अवधिमा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट प्राप्त ब्याज रु ७,१८०,८७३ गरी यस संस्थाको कुल १ करोड ५१ लाख ३६ हजार ७ सय १० रुपैयाँ कोष संकलन भएको जानकारी दिनु भयो । त्यसैगरी स्थापनाकाल देखि हालसम्म विभिन्न शिर्षकमा कुल १,३५४,६४९÷– खर्च भएको जानकारी दिनुका साथै छन्त्याल जातिको सर्वोपरि हित र उत्थानका लागि नेपाल छन्त्याल संघसंग सधै हातेमालो गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छन्त्याल संघका महासचिव समप्रसाद छन्त्यालको संचालन तथा फाउण्डेशनका कोषाध्यक्ष थममाया छन्त्यालको स्वागत मन्तव्यबाट प्रारम्भ गरिएको सोे कार्यक्रममा फाउण्डेशनलाई आर्थिक सहयोग दिनुहुने आर्थिक दाताहरु तमबहादुर छन्त्याल–छापखानी, (१०५,००५) तिलकुमारी छन्त्याल–लाम्मेलाखानी, (५५५,५५५) लालबहादुर छन्त्याल–नर्जाखानी, (३८८००) लिलप्रसाद छन्त्याल–नर्जाखानी, (३८८००) तारादेवी गौचन छन्त्याल–मंगलेखानी (२५०००) र लोकशंकर छन्त्याल–बोङ्गखानी (२५०००) लाई सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो । त्यसैगरी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति लगायत छन्त्याल संघका अध्यक्ष हरिचन छन्त्याल र महासचिव समप्रसाद छन्त्यालबाट बधाई ज्ञापन गरिएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै छन्त्याल संघका अध्यक्ष हरिचन छन्त्यालले फाउडेशनसंग मिलेर उपलब्धिमुलक काम गर्ने विश्वास दिलाउनु हुँदै यो अभियान सफल बनाउन सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नु भयो । कार्यक्रममा छन्त्याल सर्वमान्य फाउण्डेशन तथा नेपाल छन्त्याल संघका पदाधिकारी तथा सदस्यहरु लगायत भातृसंस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।










