---Advertisement---

महावीरले भिसी पुनको समाधिस्थलबाट उत्तरी म्याग्दीको चुनावी अभियान सुरु

On: February 3, 2026 12:36 PM
Follow Us:

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले दोस्रो विश्वयुद्धमा युद्धकला प्रदर्शन गरेबापत सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको समाधिस्थलमा पुगेर उत्तरी क्षेत्रको चुनावी अभियान सुरु गर्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा रहेको स्वर्र्गीय पुनको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गदैं आफ्नो स्वर्गीय पिताको सम्भना समेत गर्नुभयो । समाधिस्थलबाट चुनावी अभियान सञ्चालन गरी बेगखोलामा पुगेका छन् ।

गोर्खा आन्दोलनका महानायकका रूपमा समेत चिनिने भिसी पुनको जन्मघर बाँदुकमा पर्छ । विसं २१ फागुन १९६९ –२३ मार्च १९२३) मा बाँदुकमा जन्मिएका तुलबहादुरको ८९ बर्षको उमेरमा २०६८ सालमा तिप्ल्याङमा निधन भएको थियो ।बेलायतको एक रेल सेवाले स्व. तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण समेत गरेको छ । जन्मस्थानको अवलोकन भ्रमण गराउन र भिसीका जीवन्त र वास्तविक कथा सुनाउने अभियानमा समेत सहयोगको प्रतिबद्धता जनाएका छन् ।


आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनी चुनावी मैदानमा रहेका निवर्तमान शिक्षामन्त्री पुनले आफ्ना सहयोगी र शुभेच्छुकहरुको साथमा पश्चिम म्याग्दीका विभिन्न गाउँहरुमा मतदाताहरुलाई भेटेर आफ्ना कुरा सुनाउँदै ‘चित्त बुझे र मन लागे मलाई भोट देऊ,नभए नदेऊ’ भन्दै ठट्यौली शैलीमा मत मागिरहेका छन् । पुनले पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको बस्तीमा पुगेपछि मंगलबारदेखि उत्तरी म्याग्दीको अभियानमा छन् ।

को हुन भिसी पुन
बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खाराईफल्स, पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसंगको भीषण युद्धमा घाईते अवस्थामा पनि एक्लै बहादुरी पुर्वक लडी युद्ध जितेकाका पुनले एक्लैले जापानि सैनिकलाई परास्त गरी २ वटा मेशिनगन समेत धेरै हतियार कब्जा गरेका थिए । यो पदक नयाँ दिल्लीको लालकिल्ला लर्ड ओभेलमा १ जनवरी १९४५ मा प्रदान गरिएको थियो।

जनवरी २९, १८५८ मा संयुक्त अधिराज्य वेलायतका महारानी भिक्टोरियाबाट राजकीय घोषणाको अधिकार प्रयोगगरी भिक्टोरिया क्रसको स्थापना भएको हो । भिसी सौर्य पदक मुलतः शत्रु पक्षको उपस्थितीमा आफनो राष्ट्रको लागी अद्धितिय पराक्रम र निष्ठा युद्धभूमिमा प्रर्दशन गरे वापत प्रदान गरिने ब्यक्तिगत अदम्य साहस र उच्चतम बहादुरीको प्रतीक हो ।

बेलायतको एक रेल सेवाले स्व. तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण समेत गरेको छ । बेलायती अभिनेत्री जोअना लुम्लेले बेलायती जनताको हृदयमा सधैं स्थान पाउने एउटा निष्ठावान् कमाण्डर, बेलायतीको महानायक भएको घोषणासमेत गरेकी थिइन्। पुनले भिक्टोरिय क्रस पाउँदा २१ वर्षका थिए। गोरखा सैनिकले हालसम्म १३ वटा भिक्टोरिया क्रस प्राप्त गरेका छन्।

Leave a Comment