---Advertisement---

हराएको ५५ वर्षपछि घर फर्किए मल्कवाङका धनबहादुर

On: February 3, 2026 3:19 PM
Follow Us:


हरिकृष्ण गौतम
२१ बर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता हुनुभएका म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङका धनबहादुर तुलाचन पाँचदशकपछि सम्पर्कमा आउनुभएको छ । गाउँबाट परिवारलाई भर्ती हुने भन्दै भारत जानु भएका तुलाचनको बेपत्ता भएको ५५ बर्षपछि परिवारसँग पुनर्मिलन भएको छ ।

भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैंचामा काम गर्ने तुलाचन एकसाता अगाडी आफ्ना साहिला दाई कृष्णप्रसाद तुलाचनको सम्पर्कमा आउनुभएको थियो ।


‘भाइको आस मारेको थिए, घरमा टुलुक्क आउँदा सपनाजस्तै लाग्यो, बुढेशकालमा नसोचेको खुसी फर्कियो’ मंगला गाउँपालिका–५, पाखु बस्ने ८२ बर्षिय कृष्णप्रसादले बेनीअनलाइनलाई भन्नुभयो । मल्कबाङबाट ठाडाखानी हुदै बेनी आएर पैदलयात्रा तथा सवारीसाधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाई छ ।

एउटा खुट्टामा चोट लागेको अवस्थामा लामो समय आराम गर्नुपरेको र घर फर्किने वातावरण बनाउन नसकेको धनबहादुरले बताउनुभयो । धनबहादुरका दुई छोरा छन् । धनबहादुर बेपत्ता भएपछि परिवारले खोजीका लागि निकै संघर्ष गरेको थियो ।

कतै नभेटिएपछि परिवारले नै माया मारिसकेको अवस्थामा फर्किएपछि घरमा खुसीयाली छाएको छ । धनबहादुरलाई दाई कृष्णप्रसादले नागरिकता बनाउन आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी आउनुभएको छ ।

Leave a Comment