उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५,लोमान्थाङ बजारको एक घरमा आहारा र बासस्थानको खोजीमा आएको एक हिमाली परेवा। तापक्रम ऋणात्मक हुदाँ न्यायो बासस्थानको खोजीमा बस्तीमा देखिने परेवाको संख्या धेरै छ । गतसाता लोमान्थाङ क्षेत्रमा बाख्लो हिमपात भएपछि मुख्य आहारा हरियो मुना र पातहरू हिउँमा पुरिएपछि बासस्थान र आहाराको खोजीमा बसाइसराइ गर्छन् ।अत्याधिक चिसो, हिउँले वासस्थानमा असर गर्ने समयमा बस्ती क्षेत्रमा देखिने हिमाली परेवा अनुकुल मौसम भएपछि प्रायःआफ्नै बासस्थानमा फर्किन्छन् ।

बस्तीभन्दा माथि पशुचौपायाको गोठ, चट्टानमा गुँड बनाउने हिमाली परेवा अन्य शिकारी प्रजातिका पंक्षीको समेत निसानामा पर्ने भएकाले अस्थायी रूपमा सुरक्षित बासस्थान भनेकै बस्ती क्षेत्र मानिन्छ । धेरै मान्छेहरूको घुलमिल भएको बस्तीमा अस्थायी बासस्थान र आहाराको खोजीमा भौतारिरहेका हिमाली परेवालाई जाडोयाम निकै कष्टकर मानिन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बाह्ै महिना अनुकुल मौसममा रमाउने हिमाली परेवा आहारा प्रजातिको भएपनि किराहरूलाई पूरक आहाराको रुपमा प्रयोग गर्छन् । सफा र आफ्नो बासस्थान बाहेक कमै बस्ने हिमाली परेवालाई जाडो मौसम चुनौतीपूर्ण हुने एक्याप प्रमुख पौडेलको भनाई छ ।

पौडेल भन्नुहुन्छ,‘‘हिमाली पर्यावरणमा रमाउने परेवाको संरक्षण आवश्यक छ, घरपालुवा पहाडी क्षेत्रमा पाइने परेवाजस्तै भएकाले पर्यटकलाई समेत लोभ्याउँछ ।’’उपल्लो मुस्ताङमा बस्ती नजिकैको चरन क्षेत्रमा भेटिने हिमाली परेवालाई चिसो छल्न न्यानो ठाउँको खोजीमा जाँदा मानवीय क्षती न्युनिकरण गर्न सचेतनामुलक सन्देश सहित अनुरोध समेत गर्ने गरिएको प्रमुख पौडेलको भनाई छ । सामान्यतया कम्प्याक्ट शरीर, छोटो खुट्टा र निरन्तर उडानको लागि बलियो पखेटा हुन्छ। पखेटामा प्रायःखैरो रंगको मिश्रण देखिन्छ । पहाड र तराईका जिल्लामा पाइनेभन्दा पखेटामा दुई गाढा बारहरू जस्तै भएपनि केही भिन्न हुन्छ ।
घरपालुवाभन्दा तिब्र उडान तथा धेरै लामो यात्रा गर्न सक्ने भएपनि प्रायः बथानमा पाइन्छन । परेवालाई सामाजिक र बुद्धिमान चराहरूको प्रजातिको सूचीमा राखिन्छ। जाडोयाममा समुन्द्री सतहबाट २ हजार मिटरदेखि गर्मी सिजनमा ५५ सय मिटरसम्मको उचाइसम्म पुग्ने गर्दछन् । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा बस्ती आसपासका स्थानमा प्राय देखिन्छ । हिमाली परेवाको बासस्थान तथा गुँड मानिसको सहज पहुँच हुने र केही चट्टानी बासस्थानमा बस्ने गरेको भेटिन्छ ।
बासस्थान क्षेत्र आसपासमा प्रयाप्त आहारा भएमा संख्या बाख्लो बनाउन सकेमा पर्यटकलाई समेत आर्कषिन गर्न सकिने भएकाले संरक्षणमा सचेत हुनुपर्ने एक्याप लोमान्थाङले जनाएको छ । मुस्ताङमा एक्यापले बन्यजन्तु, पशुचौपाया सहित बन तथा वातावरण, आयर्आजनको क्षेत्रमा समेत काम गर्ने गरिएको छ ।
फोटो क्याप्सन
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५,लोमान्थाङमा हिउँले ढाकिएको घरमा बासस्थानको खोजीमा हिमाली परेवा । तस्वीर सौजन्य एक्याप लोमान्थाङ














