---Advertisement---

ताकमको मतिखण्डको जंंगलमा एक थान भरुवा बन्दुक बरामद

On: February 5, 2026 10:58 PM
Follow Us:

म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–७ मतिखण्डमा जंगलमा वेवारिसे अवस्थामा लुकाइ–राखेका एक थान भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालयको सूचनामा ताकम प्रहरी चौकीबाट खटिएको टोलीले जंगलबाट भरुवा बन्दुक बरामद गरेको हो । जंगलमा राखेर रातको समयमा चोरी शिकारीमा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ ।


बन्दुक बरामद गरेपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । म्याग्दीको ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा बन्दुक खोज अभियानअन्तर्गत १ सय १५ थान बन्दुक फेला पारिएको थियो भने बेवारिसे अवस्थामा पछिल्लो समय धमाधम बेवारिसे अवस्थामा राखिएको बन्दुक फेला पार्न थालिएको छ ।

जिप्रका म्याग्दीले जिल्लाभरका यूनिटलाई परिचालन गरी मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन अप्रेशन चलाएको थियो ।


निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलासलाई समेत तिब्रता दिइएको छ । उक्त अभियानपछि पनि जिल्लाका विभिन्न स्थानबाट भरुवा बन्दुक जंगलमा फेला पारिएको थियो ।म्याग्दीमा अवैध बन्दुक भएमा प्रहरीलाइ बुझाउन वा खवर गर्न अनुरोध गरिएको छ । अबैध बन्दुक सहित फेला पारेमा ५ बर्ष कैद र ५० हजार जरिवानको कानुनी ब्यवस्था रहेको छ ।

Leave a Comment