कतार भ्रमणमा रहेका म्याग्दी जिल्ला बेनी नगरपालिका वडा न ६ का वडाध्यक्ष कृष्ण सिंह बानियाँ र म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष तथा बेलायतका स्थापित व्यवसायी किसान जिसी मोना कतार मार्फत सम्मानित भएका छन् ।
बिहीबार साँझ मोना कतारका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता तथा वडाध्यक्ष बॉनीयाको प्रमुख आतिथ्यतामा सम्पन्न स्नेह मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम मार्फत मायाको चिनोसहित सम्मान उनीहरू सम्मानित भएका हुन ।
कार्यक्रममा बोल्दै व्यवसायी तथा उपाध्यक्ष जिसीले न्यून परिवारको मानिस भएको र आफू धनाढ्य व्यक्ति नभएको हुदॉ आफू सन २०१३ बाट मोना बेलायतमा आबद्ध रहँदै मोनाको यात्रा तय गरेको स्मरण गरे । आफ्नो दैनिक कार्यसँगै मोना मार्फत समाजसेवामा जोडिन पटक पटक प्रयास गरेसँगै अहिले उपाध्यक्षमा रहेको बताउँदै मोनामा आफ्ना उतारचढावका बरेमा बोलेका थिए । अरू बेला मौन बस्ने तर महाधिवेशनका बेला तातिने मोनाका निवर्तमान अध्यक्षहरूका कारण सही ठाउँमा सही भिजन भएको मानिस पुग्न नसकिरहेको स्पष्ट पारे । जिसीले आफू केही भिजन सहित मोनामा अगाडी बढी रहेको बताउँदै संस्था भित्र रहेका गलत तत्त्वलाई चिर्दै अगाडी बढ्न सबैसमक्ष आग्रह गरे ।
सम्मान ग्रहण लगत्तै आफ्ना धारणा राख्दै प्रमुख अतिथि बानियाँले वडाध्यक्ष रूपमा जनतामा भिज्दै अगाडी बढेको बताउँदै भैसिले किलो उक्काउँदा पनि जनतालाई समाधान निकाल्दिन सेकमा मात्र जनप्रिय बन्न सकिने धारणा राखे । उनले राजनीति मार्फत पनि समाजसेवा गर्न सकिने स्पष्ट उदाहरण दिँदै अबको २० वर्षमा नेपालमा युवा नभेटिने बताए l बानियाँले आफ्नो राजनीतिक यात्रालाई बिट मारेर वैदेशिक यात्रा तय गर्ने तर्फ सङ्केत गरे l आफ्नो शुभकामना मन्तव्य राख्दै मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्कीले मिलेर समाजसेवा गर्ने हो त्यस कारण कसैले पनि सामाजिक संस्थामा पैसाको दम्भ देखाउन नहुने बताए । कार्कीले अक्षयकोष आफ्नो लक्ष्यमा अगाडी बढेको र यसलाई पूर्णता दिने बताए ।
कार्यक्रममा मोना कतारका संस्थापक अध्यक्ष लगायतका वक्ताहरूले आफ्ना धारणा राखेका थिए । वरिष्ठ उपाध्यक्ष देवी कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव शिव खड्काले सहजीकरण गरेका थिए l कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष भण्डारीले मोना मार्फत जिल्लामा लगानी भित्राउन र मोनालाई विवाद रहित सामाजिक संस्था बनाउन आवश्यक रहेको बताए l
तिलु शर्मा पौडेल दोहा कतार















