---Advertisement---

विश्वकपमा आज नेपालले विश्व विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै

On: February 8, 2026 12:13 PM
Follow Us:

आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आज नेपालले विश्व विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपअन्तर्गत यो बहुप्रतीक्षित खेल आज दिउँसो ३:१५ बजे मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु हुनेछ।

नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो भने दोस्रो सहभागिताका लागि १० वर्ष कुर्नुपर्‍यो। सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध देखाएको प्रतिस्पर्धात्मक प्रदर्शनले नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान अझ बलियो बनाएको थियो। दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको खेल अझै स्मरणीय छ।
रोहितकुमार पौडेलको कप्तानीमा नेपाल लगातार विश्वकप खेल्दै आएको छ। सोमपाल कामी तीन पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। समूह ‘सी’ मा रहेको नेपालसँगै वेस्ट इन्डिज, इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्।

वाम–अप खेलहरूमा यूएई र क्यानडाविरुद्धको प्रभावशाली ब्याटिङले नेपाली टोली आत्मविश्वासका साथ मैदानमा उत्रिने संकेत दिएको छ। इंग्ल्यान्डविरुद्ध नेपालले कस्तो इतिहास रच्ला, सबैको ध्यान आज वानखेडेतर्फ छ।

Leave a Comment