---Advertisement---

म्याग्दीको मतपत्र छापियो, यस्तो छ नमुनापत्र

On: February 9, 2026 1:46 PM
Follow Us:

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी सहित बागलुङ, पर्वत लगायत ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आइतबारसम्ममा एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएकोमा डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, गुल्मी, झापा, गोरखा,र बर्दघाट सुस्ता पश्चिम नवलपरासी गरी ३७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।


जिल्लाको मतपत्र छपाइसँगै जिल्ला पठाउन प्याकिङ पनि भइसकेको छ । म्याग्दी जिल्लामा नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी केबी नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीबाट अर्जुन थापा,स्वतन्त्रबाट महावीर पुन, राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुबेदी,नेकपा (माओवादी केन्द्र) बाट क्षेत्रबहादुर घिमिरे धुब्र रहनुभएको छ ।

त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चा पार्टीबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट नविन जिसी रहेका छन् । मतपत्रमा रास्वपाको उम्मेवादर भएपनि मैदानमा भने स्वतन्त्र उम्मेदवार महाविरलाई सर्मथन गरेको छ ।

म्याग्दीमा यसपटक राजनीतिक दलसँगै स्वतन्त्रबाट चुनावी मैदानमा देखिनुभएका महावीर पुनको उपस्थितीले महालो रोचक बन्ने निश्चित छ । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

Leave a Comment