---Advertisement---

स्नान र मन्दिरमा पूजा गरी राप्रपा म्याग्दीका उम्मेदवार डम्बरबहादुर सुबेदीको चुनावी अभियान

On: February 9, 2026 2:14 PM
Follow Us:

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बेनी नगरपालिका–२,खवराका४१ बर्षिय डम्बरबहादुर सुबेदीले कालिगण्डकी नदीमा स्नान तथा शिवालय मन्दिरमा पुजा गरी चुनावी अभियान सुरू गर्नुभएको छ ।

अगुवा कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रमका लागि ग्रामिण क्षेत्रमा अभियान सञ्चालन गर्ने क्रममा उम्मेदवार सुबेदीले म्याग्दी र कालिगण्डकी नदीको संगमस्थल दोभानमा स्नान तथा शिवालय मन्दिरमा दर्शन गरी घरदैलो अभियान सुरु गर्नुभएको हो ।


उम्मेदवार सुबेदीले जिल्लालाई धार्मिक पर्यटनमार्फत धनी बनाउन सकिने भएकाले कालिगण्डकी नदीमा स्नान गरी मतदाताको घरदैलोमा हिडेको बताउनुभयो । म्याग्दी र कालिगण्डकी नदीमा स्नानसँगै पर्वत, खबरा र बेनीलाई जोड्ने तीनमुखे पुल, कालिगण्डकी नदीमा स्नानका लागि भारत सहित तेस्रो मुलुकबाट धार्मिक पर्यटक भित्राउने सहितका अभियानहरू सञ्चालन गर्ने उम्मेदवार सुबेदीको भनाई छ ।

राप्रपा म्याग्दीले बेनी नगरपालिका–१, रत्नेचौरबाट कार्यकर्ता भेटघाट सहित घरदैलो अभियान सुरू गरेको छ ।
राप्रपामा विद्यार्थी समयदेखि नै सक्रिय युवा सुबेदीलाई उम्मेदवारसँगै अब पार्टीदेखि सदनसम्म यूवाहरूलाई प्राथमिकता दिने संस्थापक भिमप्रसाद गौचनले बताउनुभयो ।

म्याग्दीमा हाल चुनावी मैदानमा रहेका उम्मेदवारमा राप्रपाका सुबेदी सबैभन्दा कान्छो उम्मेदवार भएकाले राप्रपाले पुस्तान्तरणसँगै पुरानो पुस्ताको ज्ञान, सीप र अनुभवलाई लिएर पार्टी सञ्चालन गर्ने जिल्ला अध्यक्ष बिरबहादुर थापाले बताउनुभयो । राप्रपाले संवैधानिक राजसंस्था, प्रदेशसभा खारेज, हिन्दु राष्ट्र« र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डालाई आधार बनाएर जिल्लाको आवश्यकतामा केन्द्रित भई चुनावी अभियान सञ्चालन गर्ने अध्यक्ष थापाको भनाई छ ।

Leave a Comment