---Advertisement---

विकास निर्माण, स्मार्ट म्याग्दी र रोजगारी सिर्जना प्रमुख एजेण्डा- एमाले उम्मेद्वार श्रेष्ठ

On: February 9, 2026 11:39 PM
Follow Us:

एमाले म्याग्दीका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि स्मार्ट म्याग्दी बनाउने बताएका छन् । कानुन निर्माणसँगै विकास निर्माण, सुशासन कायम र रोजगारी सिर्जना प्रमुख एजेण्डामा काम गर्ने बताएका छन् ।m चुनावबाट निर्वाचित हुने सांसद जनताको प्रतिनिधि समेत हुने बताउँदै म्याग्दी जिल्लाको विकास निर्माण तथा म्याग्देली जनताको आशा र अपेक्षा अनुसार का्म गर्ने प्रतिबद्धता जनाए । ‘समृद्ध म्याग्दी र सुखी म्याग्दीवासी’ बनाउने अभियानमा आफू केन्द्रीत हुने श्रेष्ठको भनाई छ ।


नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका एमाले उम्मेद्वार श्रेष्ठले आफू संसदमा निर्वाचित भएपछि देशमा मौलाउँदै गएको भ्रष्ट्राचार तथा आर्थिक अनियमिततालाई रोक्न आवश्यक पहल गर्ने बताउँदै समग्र जिल्लाको विकास निर्माण, आर्थिक सुशासन र रोजगारी सिर्जना मुख्य एजेण्डा रहेको बताए । वर्तमान समय विज्ञान र प्रविधिको युग भएकाले अब घरबाटै सरकारी सेवासुविधाहरु अनलाइनमार्फत प्राप्त गर्ने गरी आवश्यक नीति एवं कानुन निर्माणको पहल गर्ने बताउँदै नागरिकलाई प्रत्यक्ष रुपमा रोजगारी तथा उत्पादनसँग जोड्ने गरी आयआर्जन र रोजगारी सिर्जना गर्नेतर्फ जोड दिने बताए ।


वर्तमान समय र परिस्थितिलाई मध्यनजर गरेर नवप्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालनमा जोड दिने बताउँदै उम्मेद्वार श्रेष्ठले म्याग्दीमा अपार सम्भावना रहेको जलविद्युतको विकासमा विशेष पहल गर्ने बताए । उनले जिल्लामा जलविद्युतको सम्भावनालाई थप विस्तार तथा विकास गरी स्थानीयस्तरमा नागरिकलाई शेयर प्रदान र लगानीको अवसर एवं रोजगारीका लागि पहल गर्ने बताउँदै जलविद्युतमार्फत जिल्लाको विकास निर्माणमा आवश्यक वातावरण बनाउने बताए ।

एमाले उम्मेद्वार श्रेष्ठले परम्परागत खेती प्रणालीलाई परिवर्तन गरेर अब कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेकोमा जोड दिँदै किसानहरुलाई सहुलियत र अनुदानको व्यवस्था गरेर कृषि उत्पादनको वृद्धि तथा बजारीकरणमा ध्यान दिइने बताए । म्याग्दी जिल्ला पर्यटनको हिसाबले पनि प्रचुर सम्भावना रहेको बताउँदै उहाँले नयाँ पर्यटकीय क्षेत्रको खोजी र प्रचारप्रसार तथा बनेका पर्यटकीय गन्तव्यहरुको दीगो विकास गरी रोजगारी सिर्जनामा पहल गर्ने बताए । पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर अगाडि बढिरहेको बेनी–दरबाङ सडकलाई रुकुम जिल्लासँग जोडेर सडकको स्तरोन्नति र विकासमा जोड दिने उनको भनाई छ ।

Leave a Comment