---Advertisement---

स्वतन्त्र उम्मेदवार महावीर पुनको पहिलोचरणको घरदैलो नाँगी गाउँमा पुगेर सकियो

On: February 10, 2026 8:30 AM
Follow Us:

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुनको पहिलो चरणको घरदैलो अभियान आफ्नै जन्मगाउँ नाँगीमा पुगेर सकिएको छ । गएको माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेलगत्तै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ बजारबाट चुनावी अभियान सुरू गर्नुभएका उम्मेदवार पुनले मालिका, धवलागिरी, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा विभिन्न बस्तीमा पुगेर अभियान सञ्चालन गर्नुभएको थियो ।


तीनसातासम्म मतदाता भेटघाटलाई नाँगीमा पुगेर समापन गर्नुभएका उम्मेदवार पुनले दोस्रो चरणको मतदाता अभियासनसँगै समिक्षा गर्ने चुनावी अभियानका सदस्य चित्र तिलिजाले बताउनुभयो । ‘पहिलो चरणको अभियान सकिएको छ,अब समिक्षा सहित दोस्रो चरणको अभियानमा जुट्छौ’ तिलिजाले बेनीअनलाइनलाई भन्नुभयो ।पहिलो चरणको मतदाता भेटघाट कार्यक्रमबाट उत्साहित भएको तिलिजाको भनाई छ ।


म्याग्दीमा ठूला राजनीतिक दल नेकपा एमाले, नेपाली काग्रेस, नेपाली कम्युनिष्ट पार्टी र स्वतन्त्र उम्मेदवार महावीर पुन बिच मुख्य प्रतिस्पर्धात हुन्छ । राजनीतिक दललाई महावीरको इन्टीले चुनौती थपिएको मात्रै छैन आफ्ना बलियो मतदात भएको जग नै हल्लिने जोखिम छ । उम्मेदवार पुनले आफ्ना सहयोगी र शुभेच्छुकहरुको साथमा पश्चिम म्याग्दीका विभिन्न गाउँहरुमा मतदाताहरुलाई भेटेर आफ्ना कुरा सुनाउँदै ‘चित्त बुझे र मन लागे मलाई भोट देऊ,नभए नदेऊ’ भन्दै ठट्यौली शैलीमा मत मागिरहनुभएका छन् ।


म्याग्दी जिल्लामा नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी केबी नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीबाट अर्जुन थापा,स्वतन्त्रबाट महावीर पुन, राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुबेदी,नेकपा (माओवादी केन्द्र) बाट क्षेत्रबहादुर घिमिरे धुब्र रहनुभएको छ । त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चा पार्टीबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा रहेका छन् । मतपत्रमा रास्वपाको उम्मेवादर भएपनि मैदानमा भने स्वतन्त्र उम्मेदवार महाविरलाई सर्मथन गरेको छ ।
म्याग्दीमा यसपटक राजनीतिक दलसँगै स्वतन्त्रबाट चुनावी मैदानमा देखिनुभएका महावीर पुनको उपस्थितीले महालो रोचक बन्ने निश्चित छ । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

Leave a Comment