---Advertisement---

मोना नेदरल्यान्ड्सको अध्यक्षमा शेरचन

On: February 10, 2026 8:21 AM
Follow Us:


म्याग्देली प्रबासी नेपाली संघ (मोना) नेदरल्यान्ड्सको चौथो अधिवेशनबाट अध्यक्षमा शेर बहादुर शेरचन चयन हुनुभएको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षः भरत भट्टचन,उपाध्यक्षहरूमा सोम भण्डारी,रस्मी कार्की ‘आचार्य’, जनक बानियाँ,महासचिव याम पुन,सहसचिव जीवन पुन,कोषाध्यक्ष तिलक शेरचन,सहकोषाध्यक्ष राजेश कार्की रहनुभएको छ ।

कार्यसमतिकिो सदस्यहरुमा रुपा सापकोटा, प्रविन बानियाँ,राज सापकोटा, कुमार खड्का, राज थापा,कुल बहादुर रोका, अपना महत, वृन्दा थापा खड्का रहनुभएको छ । अधिवेशनबाट निर्वातमान अध्यक्ष ममता खड्का, संस्थापक संरक्षक मिम पूर्जा र टिकाराम सापकोटालाई सल्लाहकारमा चयन गरेको छ । यूरोपेली देश नेदरल्यान्ड्समा रहेका म्याग्देलीको साझा संस्था मोनाका नवनिर्वाचित अध्यक्ष शेरचनले म्याग्देलीहरुसँगै नेपालीसँगको सम्बन्धलाई थप बलियो बनाउन विभिन्न कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Leave a Comment