---Advertisement---

अन्नपूर्णको हल्लेखर्कमा एमालेको घरदैलो र मतदाता भेटघाट

On: February 11, 2026 1:02 PM
Follow Us:

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले जिल्लाको विभिन्न स्थानमा घरदैलो र मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको छ  । यसैक्रममा बुधवार बिहान अन्नपूर्ण ६ घारको हल्लेखर्कमा घरदैलो अभियान अन्तर्गत मतदाता भेटघाट गरिएको हो ।

मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभामा प्रत्यक्षतर्फका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू र एमाले पार्टीलाई भोट दिएर जिताउन अनुरोध गर्नुभयो । उहाँले अन्नपूर्ण क्षेत्रको विकास र प्रवद्र्धनका लागि एमालेले विगतदेखि नै काम गर्दै आइरहेको बताउँदै आसन्न निर्वाचनमा पनि नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं आसन्न निर्वाचनको समानुपातिक उम्मेदवार नरदेवी पुनले विगतमा आफू जनप्रतिनिधि बनेर जिल्लाको विकास निर्माणको क्षेत्रमा थुप्रै कामहरु गरेकाले थप काम गर्ने मनसायले पुनः उम्मेदवार बनेको हुँदा आफ्नो अमूल्य मत दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले देश र जनताको विकास तथा हकहितका लागि जनमुखी कामहरु गरेको स्मरण गर्दै देश विकासको स्पष्ट भिजन र नीति ल्याउने पार्टी एमालेको विजयी हुनुपर्ने बताउनुभयो ।

घरदैलो भेटघाटको क्रममा मतदाताहरुले गाउँटोल, वस्तीमा सडक विस्तार, विद्यालय जाने बाटो बनाउन, खानेपानीको योजना सञ्चालन तथा मर्मतसम्भार, किसानहरुलाई अनुदानलगायत सहुलियत दिने जस्ता जनमुखी कार्यक्रमहरु ल्याउनुपर्ने मागहरु एमाले पार्टी र उम्मेदवारसमक्ष राखेका छन् । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको विशेष उपस्थिति रहेको कार्यक्रम उपसचिव खड्ग गिरीको सञ्चालन, एमाले अन्नपूर्ण ६ नम्बर वडा कमिटी अध्यक्ष मेखबहादुर खड्काको अध्यक्षता र जिल्ला सल्लाहकार सदस्य यामबहादुर खड्काको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Comment