बागलुङको मध्यपहाडी राजमार्गबाट स्कूल भ्यान खसेको छ । बागलुङमा बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जादै गर्दा
दुर्घटना भएको हो ।
बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो ।
दुर्घटनमा २४ जना घाइते भएको प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाइतेमध्ये चारको अवस्था गम्भिर रहेको भारतीले जानकारी दिनुभयो । घाइतेको उद्दार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














