आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता भेटघाटका लागि बिहिबार म्याग्दी आउनुभएकी ओलीले सदरमुकाम बेनीमा घरदैलो कार्यक्रमपछि बिरेन्द्रचोकमा आयोजित कार्यक्रममा सामाजिक सञ्जालमा लोकप्रियताले नेता बन्न खोजिएको भन्दै ब्यंग्य गर्नुभएको थियो । ‘सामाजिक सञ्जालमा लोकप्रिय भएकाहरु नेता होइन कलाकार बन्नुपर्छ, अहिले मतदाताको रोजाईमा राप्रपा रहेको पुष्टी हामीले चुनावपछि सजिलै गर्नेछौ’ नेतृ ओलीले भन्नुभयो ।

राप्रपाका समानुपातिक उम्मेदवार ओलीले ’देशको भलोमा, एक भोट हलोमा, एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई दिन अनुरोध गर्नुभएको छ । राप्रपाले संवैधानिक राजतन्त्र, प्रदेशसभा खारेज सहितका जनपक्षिय एजेण्डाका कारण नयाँ मतदातामा समेत आर्कषण रहेको प्रतिनिधिसभा सदस्यका लागि म्याग्दीका उम्मेदवार डम्बरबहादुर सुबेदीले बताउनुभयो ।

बेनीबजारमा आयोजित मतदाता भेटघाट कार्यक्रममा समानुपातिक उम्मेदवार समेत रहनुभएका राप्रपा म्याग्दीका संस्थापक एवम् पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन, जिल्ला अध्यक्ष बिरबहादुर थापा लगायतका नेताहरुको उपस्थिती रहेको थियो । राप्रपा आधुनिक सोच, समावेशी आर्थिक विकास, सशक्त नेपाली युवाहरू, साहसी महिलाहरू र मेहनती उद्यमीहरूको पक्षमा रहेकाले म्याग्दीको घरदैलो अभियानले नयाँ उर्जा थपिएको राप्रपा म्याग्दीका यूवा नेता देबेन्द्रबहादुर घिमिरेको भनाई छ ।








