---Advertisement---

सुदिप स्मृति कोषले उच्च माविका उत्कृष्ट विद्यार्थीलाई सम्मान

On: February 13, 2026 12:05 PM
Follow Us:

सुदिप रावल स्मृति कोषको १७ औ स्मृति दिवसको अवसरमा गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित कोषको शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला प्रथम हुने न्यु वेष्ट पोइन्ट आवासीय माविकी बर्खा थापा नेपाली (३.९१ जिपिए), प्रकाश माविका छात्र टेनिश छन्त्याल (३.८३ जिपिए)को सम्मान अभिभावकलाई बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले क्रमशः नगद रु.१० हजार, ५ हजार नगद तथा प्रमाणपत्रले सम्मान गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले माध्यामिक तहमै विद्यार्थीको भविस्य निर्धारण हुने भएकाले विद्यार्थीले शैक्षिक तथा अन्य सीपहरूलाई समेत बेनी नगररपालिकाले प्राथमिकता दिएको बताए ।

उनले विद्यार्थीलाई आफ्नो क्षमतामा विश्वास गर्न र अन्यको प्रगतिलाई असफलताको कारण नबनाउन समेत अनुरोध गरे । सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, कोषका संस्थापक दुर्गाबहादुर रावल, म्याग्दी पुस्तकालयका अध्यक्ष अम्बिककुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।


सोही अवसरमा कोषले उत्कृष्ट विद्यार्थीसँगै प्रकाश माविका प्रअ लेकबहादुर हमाल, न्यु वेष्ट पोइन्टका शिक्षक केशवराज पौडेलमार्फत विद्यालयलाई समेत सम्मानपत्रले सम्मान गरेको थियो । सम्मान कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसकी उपप्रध्यापक रेखाकौशल रेग्मी, म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठ, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । ०६५ साल फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नगरपालिका–१ रत्नेचौरका रावलको स्मृतिमा २ लाखको अक्षय कोषको स्थापना गरिएको छ ।


सम्मान कार्यक्रमको अध्यक्षता कोषका संस्थापक रावल, स्वागत कृष्णबहादुर थापा, सञ्चालन सदस्य हरिकृष्ण गौतमले गरेका थिए । ०६५ साल फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नगरपालिका–१ रत्नेचौरका रावलको स्मृतिमा २ लाखको अक्षय कोषको स्थापना गरिएको छ

Leave a Comment