बेनी नगरपालिका-१,उपल्लाचौर आधारभूत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एक दम्पत्तीको नाममा ५ लाखको अक्षय कोष स्थापना गरेका छन् । विद्यालयमा शैक्षिक तथा निजी स्रोतबाट तलबभत्तामा दीर्घकालीन आर्थिक सहयोग उपलब्ध गराउन बेनपा–१,बाटाघर निवासी भीमबहादुर र श्रीमती भीमकुमारी थापामगरको नाममा छोरीहरु लक्ष्मी थापामगर, कमलकुमारी थापामगर, सुनिता थापामगर, सविना थापा रानामगर, हरिकुमारी थापा घर्तीमगर र सरिता थापामगरले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रममा वडा अध्यक्ष एवम् विब्यस अध्यक्ष टेकबहादुर थापा, प्रअ विनोद थापा मगरलाई चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा मोना हङकङका निर्वतमान अध्यक्ष इन्द्र एलजी मगर,शिक्षा विकास समन्वय इकाई शाखा अधिकृत दलबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

३५ जना विद्यार्थी अध्ययनरत विद्यालयमा अक्षयकोषको सञ्चालन, संरक्षण, व्यवस्थापन तथा उपयोगलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन भीमबहादुर÷ भीमकुमारीथापामगर अक्षयकोष सञ्चालन तथा व्यवस्थापन विधान समेत तयार गरिएको छ । कोषले विब्यस अध्यक्षको संयोजकमा वडा अध्यक्ष, परिवारका सदस्य र प्रअ सदस्यसचिव रहेको समिति समेत गठन गरिएको विद्यालयका प्रअ विनोद थापाको भनाई छ । अध्यक्षकोष स्थापना भएपछि शैक्षिक तथा अन्य गतिविधिमा राहत मिलेको विद्यालयले जनाएको छ।










