---Advertisement---

ब्यवसायिक च्याउ खेतीमा लागेका हिलवाङका दाजुभाई

On: February 14, 2026 11:22 AM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मन हिलवाङका पूर्णबहादुर र शिव केसीले प्लाष्टिकको टनेलभीत्र कन्ये च्याउ उत्पादन गरिरहेका छन् ।

मालिका गाउँपालिका–७, बिमस्थित किसानी माविमा कृषि जेटिए अध्ययन गरेका दाजुभाईले एक लाखको लगानीमा सुरू गरेको च्याउ उत्पादन राम्रो भएपनि बजारको खोजीमा छन् । एउटा टनेलमा उत्पादन भएको कन्ये च्याउलाई गाउँघर तथा छिमेकी दरबाङ बजारमा बिक्री गर्ने गरेका दाजुभाईले उत्पादन अनुसारको बजार पाएर थप टनेल विस्तार गर्ने योजना बनाएको बताउँछन् ।


‘कृषि खेतीमा लाग्ने सोचले च्याउ खेती गरेका छौ, ग्राहक खोज्दै हिड्नुपर्ने बाध्यता छ, नियमित ग्राहक भएमा सहज हुन्छ’ कृषक शिवले बेनीअनलाइनलाई भने । उनले हालसम्म डेढ सय केजी च्याउ बजारमा बिक्री गरेको बताए ।

प्रतिकिलो साढे २ सय रुपैयाँमा टनेलबाटै र बजारमा खुद्रा ३ सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ । बजारीकरण सहज भएमा निरन्तर कृषि कर्ममा लाग्ने योजना रहेका अर्का कृषक पूर्णबहादुरको भनाई छ । यता किसानी माविमा कृषि जेटिएका शिक्षक विष्णु सुबेदीले विद्यार्थीलाई उद्यमशितामा सहज हुने गरी पठनपाठनसँगै प्रयोगात्मक अभ्यासले समेत ब्यवसायलाई सहज भएको बताए ।

Leave a Comment