---Advertisement---

ग्याविन जाली भर्दै गरेका एक मजदुरको माटोको ढिस्कोले पुरिएर मृत्यु

On: February 14, 2026 8:11 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-२,बावियाचौर–सल्यान जाने भित्री सडकमा ग्याविन जाली भर्दै गरेका एक मजदुरको माटोको ढिस्कोले पुरिएर एक मजदुरको ज्यान गएको छ ।

सडकखण्डमा अचानक पहिरो खसेर लाग्दा रोल्पा सुनछहरी गाउँपालिका–२ का २८ बर्षिय सत बुढामगरको प्रदेश अस्पताल बेनीमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बेनीअनलाइनलाई बताउनुभयो । सडकमा काम गरिरहेको अवस्थामा गम्भीर घाईते बुढामगरको उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका थिए ।

सडकखण्डमा काम गर्ने मजदुर पुरिएको सूचनापछि इलाका प्रहरी कार्यालय.दरवाङबाट प्रहरी निरीक्षक रनिन्द्र कार्कीको नेतृत्वमा ७ जनाको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

दुर्घटनामा रोल्पा सुनछहरी गापाका ३४ बर्षिय केशमान बुढामगरको दाईने खुट्टामा चोट लागेको छ भने १९ बर्षिय टेकबिर बुढामगरको सकुसल उद्धार गरिएको थियो । घाईते केशमान र टेकबिर उपचारपछि डिस्र्चाज गरिएको छ । मृतक बुढामगरको शबगृहमा राखिएको र पोष्टमार्टमा हुन बाँकी रहेकाले कानुनी प्रक्रिया पूरा गरेपछि परिवारको जिम्मा लगाइने छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Comment