नेपाली भाषा शिक्षक परिषद् म्याग्दीको आयोजनामा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका–४ को म्याग्दी एकेडेमीकी छात्रा बिअप्सना बानियाँ प्रथम हुनुभएको छ । राष्ट्र निर्माणमा स्थानीय तहको भूमिका विषयक म्याग्दी जिल्लास्तरीय वक्तृत्वकलामा क्रमश द्धितिय, तृतिय र सान्त्वना स्थानमा प्रकाश माध्यमिक विद्यालय बेनीका प्रसिस रिजाल, जनप्रिय माध्यमिक विद्यालय दरवाङका गित सिर्पाली र कैलाश माध्यमिक विद्यालय दोवाका अनुषा पुर्जा रहेको नेपाली भाषा शिक्षक परिषद्अध्यक्ष रमेश प्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेताले पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।प्रतियोगिताको उद्घाटनमा बेनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका ४ सिंगाका वडा अध्यक्ष एवम् धवलागिरी माध्यमिक विब्यस अध्यक्ष अणबहादुर खड्का, विद्यालयका प्रअ भुवनप्रसाद रेग्मी, म्याग्दी बहुमुखी क्याम्पसकी पुर्व सहायक क्याम्ँपस प्रमुख रेखाकौशल रेग्मी लगायतको उपस्थिती रहेको थियो।

सोही अवसरमा अमेरिकामा रहनुभएकी समाजसेवी सवी थापा, इन्द्र थापाले आवश्यक सहयोग गरी प्रकाशित भएको जुनकीरी भित्ते पत्रिका विमोचन वर्ष २ अंक १० प्रमुख र विशिष्ट अतिथिबाट विमिचन भएको थियो । नेपाली भाषा परिषद्का अध्यक्ष पौडेलको अध्यक्षता,विद्यालयका पूर्व प्रधानाध्यापक दण्डपाणी सापकोटा स्वागतमा सम्पन्न भएको थियो ।










