म्याग्दी प्रवासी नेपाली संघ (मोना) डेनमार्कको अध्यक्षमा मिलन खत्री चयन हुनुभएको छ। डेनमार्कमा रहेका म्याग्देलीको साझा संस्था मोनाको सन् २०२६–२०२८ का लागि वरिष्ठ उपाध्यक्ष उषा पुर्जा पुन, उपाध्यक्ष दिलीप जुग्जाली, महासचिव निशान भण्डारी, सचिव बिपिन बरुवाल, सहसचिवमा मुकुन्द सुबेदी, कोषाध्यक्षमा रिमा सेन तथा सह–कोषाध्यक्षमा पुक तिलिजा चयन हुनुभएको छ ।
त्यसैगरी युवा संयोजकमा रविन तिलिजा, युवा सह–संयोजकमा सुनिल गर्बुजा,महिला संयोजकमा सुजाता रोका, खेलकुद संयोजकमा ओमकार केसी, खेलकुद सह–संयोजकमा सन्देश कार्की, महिला भलिबल संयोजकमा टिना पाइजाँ, महिला भलिबल सह–संयोजकमा निशा पाइजाँ, फुटबल संयोजकमा सन्तोष भण्डारी, फुटबल सह–संयोजकमा धिरज पुन, सांस्कृतिक संयोजकमा रिता बुढुजा तथा प्राविधिक संयोजकमा खेम गर्बुजा चयन हुनुभएको छ।

कार्यसमितिको सदस्यहरुमा सञ्जय कार्की, भगवान भण्डारी, राजाराम भण्डारी, खममाया गर्बुजा, शिवाजी भण्डारी, तेजकुमारी फगामी र सञ्जित पौडेल रहनुभएको छ भने सल्लाहकारहरूमा कृष्ण पौडेल, चित्रबहादुर पुर्जा, लक्ष्मण पुन, नुल गर्बुजा र राजन थापा रहनुभएको छ। कार्यक्रम डेनमार्कका लागि नेपालकी महामहिम राजदूत सुम्निमा तुलाधरको प्रमुख आतिथ्यता तथा एनआरएनए डेनमार्कका अध्यक्ष नील थापालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो। स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष उषा पुर्जा पुनले राख्नुभएको थियो भने नवनियुक्त अध्यक्ष मिलन खत्रीले आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्काउने विविध नृत्य तथा सांगीतिक प्रस्तुतिहरूले विशेष आकर्षण थपेका थिए। साथै, संस्थाको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउनुहुने विभिन्न व्यक्तित्वहरूलाई कदर–पत्रसहित सम्मान गर्दै उनीहरूको योगदानको उच्च कदर गरिएको थियो।
प्रमुख अतिथि महामहिम राजदूत तुलाधारले डेनमार्कले गरेका सामाजिक तथा संस्थागत कार्यहरूको प्रशंसा गर्दै निर्वतमान अध्यक्ष राजन थापालाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो। साथै विश्वका विभिन्न देशहरूमा फैलिएको मोनाको सक्रियतालाई सराहना गर्दै भविष्यमा अन्तर्राष्ट्रिय स्तरका सम्मान प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो र नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।
कार्यक्रमको अन्त्यमा निर्वतमान अध्यक्ष राजन थापाले आफ्नो कार्यकालमा भएका गतिविधिहरू प्रकाश पार्दै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहयोगी हातहरू तथा सहभागी सबैप्रति विशेष आभार व्यक्त गर्नुभयो। उक्त कार्यक्रम ऐतिहासिक रूपमा सफल भएको उल्लेख गर्दै औपचारिक समापन घोषणा गर्नुभएको थियो।















