---Advertisement---

अन्नपूर्णको पर्यटन र ग्रामिण सडक मेरो पहिलो प्राथमिकता : उम्मेदवार भण्डारी

On: February 15, 2026 10:56 PM
Follow Us:

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केवि)भण्डारीले मतदाता भेटघाट र प्रचारप्रसार अभियानलाई तिब्र गतिमा अघि बढाउनुभएको छ ।

आइतबार जिल्लाको अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुग्नुभएका नेपाली कांग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीर, उम्मेदवार भण्डारी लगायतको टोलीले दोसल्ले, टिकोट र घराम्दीका मतदाताहरुलाई भेटी उनीहरुका समस्या बुझ्नुका साथै आफ्ना एजेण्डा राख्नुभएको छ ।

उम्मेदवार भण्डारीले अन्नपूर्णलाई पर्यटन विकास गरी आयआर्जन संगै रोजगारी सिर्जना गर्ने खालका योजना र बस्तीबस्तीमा पुग्ने सडक स्तरउन्नी गर्ने कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

अघिल्लो सरकारको उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री समेत रहनुभएका सभापती गर्बुजाले आफु छोटो समय मन्त्री हुन पाउदा पनी अन्नपूर्णको विकासमा योजनाहरु हालेको बताउदै ती योजना सम्पन्न गर्न र जिल्लाको विकासका लागि म्याग्दी कांग्रेसले उर्जाशिल युवा नेतालाई उम्मेदवारी बनाएको बताउदै सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

उम्मेदवार भण्डारीले नेपाली कांग्रेस अब पुरानो ढर्राबाट परिवर्तित र रुपान्तरित भएर नयाँ स्वरुप र नेतृत्व सहित आएकोले जनताले ढुक्क भएर कांग्रेसलाई विश्वास गरी मत दिन मतदाताहरुसँग अनुरोध गर्नुभयो । उहाँले बोलेर मात्र होईन आफुले काम गरेर समेत देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नयाँ दल भनिरहदा त्यसमा पनि पुरानो अनुहार आएको बन्दै कांग्रेसले अहिले केन्द्रदेखि जिल्ला तह सम्म पुस्तातरण भएको बताउनुभयो ।

कार्यक्रममा उम्मेदवार भण्डारीले जनताको आधारभुत आवश्यकतालाई पहिलो प्राथमिकता दिदैं सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, बेरोजगारी र कृषि क्षेत्रका समस्याहरूबारे स्थानीयको गुनासोलाई दीर्घकालीन समाधानका लागि स्पष्ट योजना रहेको बनाएको बताउनुभयो ।

आफु कानुनको विद्यार्थी समेत भएकाले कस्ता खाले निती बनाउने र यहाँका खानीहरु संचालन गर्ने भन्ने बारेमा समेत आफु प्रस्ट रहेको उहाँको भनाई थियो । नेपाली कांग्रेस अन्नपूर्ण पालिका सभापती कृष्ण बरुवाल, जिल्ला कार्यसमिति कोषाध्यक्ष अमृतमान श्रेष्ठ, निर्वाचन क्षेत्र क का सभापती ओम छन्त्याल लगाएतका नेता कार्यकर्ताहरुको समूह प्रचार तथा जनभेटघाट अभियानमा सहभागि हुनुहुन्थ्यो ।

Leave a Comment