---Advertisement---

आर्चरी खेलमा म्याग्दीबाट ४ खेलाडी छनौट

On: February 16, 2026 10:57 PM
Follow Us:

दसौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय आर्चरी खेलमा म्याग्दीका ४ जना आर्चरी खेलाडी छनौट भएका छन् । कर्णाली प्रदेशको सुर्खेत हुने प्रतियोगितामा गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना तथा गण्डकी प्रदेश आर्चरी संघको व्यबस्थापनमा पोखरा रंगशालामा आयोजित छनौटमा म्याग्दीबाट ८ जनाले सहभागिता जनाएका थिए ।


छनौट प्रतियोगितामा ओपन रिक्याब पुरुषतर्फ सुमन गुरुङ प्रथम, सुमिन गौचन द्धितिय र स्टाण्डतर्फ निश्चल गर्बुजा र मिलन जुग्जाली मगर छनौट भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका कोषाध्यक्ष नगेन्द्र मल्लले बताउनुभयो । कोषाध्यक्ष मल्लले जिल्ला आर्चरी क्षेत्रमा समेत आफ्नो पहिचान स्थापित गर्ने गरी थप तयारीमा जुट्न अनुरोध गर्नुभएको छ ।

प्रतियोगितामा छनौट भएका खेलाडीलाई राष्ट्रिय खेलमा उपाधीका लागि समेत शुभकामना दिदैं जिल्लाबाट प्रदेशस्तरीय खेलमा छनौट भएर खेल्न जानेलाई विदाई सहित प्रोत्साहनका कार्यक्रमहरु गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । दसौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि म्याग्दीबाट अन्य विधाका खेलहरुको समेत छनौट प्रक्रिया अगाडी बढाइएको छ।

Leave a Comment