---Advertisement---

भक्तपुरे इट्टाको प्रयोग डाँडाखेतको शिवालय मन्दिर निर्माण

On: February 18, 2026 12:07 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा स्थानीय समुदायको सक्रियतामा भक्तपुरे इट्टाको प्रयोग गरी परम्परागत प्यागोडा शैलीको झ्याल ढोका शिवालय मन्दिरको निर्माण गरिएको छ ।

बि.स २०५४ सालमा निर्मित मन्दिर जिर्ण भएपछि स्थानीय समुदायको सक्रियतामा निर्मित मन्दिरमा बेनी नगरपालिका तथा वडा नं ४ बाट ३ लाख, साखिनी बन उपभोक्ता समितिबाट ३ लाख, मन्दिर ब्यवस्थापन समितिबाट १ लाख, शिवालय आमा समुहबाट ५१ हजार र स्वदेश तथा विदेशमा रहनुभएका स्थानीय चन्दादाताबाट करिब १२ लाख चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको थियो ।

मन्दिर पुननिर्माणमा १६ लाख खर्च भएको मन्दिर ब्यवस्थापन समितिका सचिव सुमन बानियाँले बताउनुभयो । मन्दिरमा चन्दादाताको शिलालेखको अनावरण गरी बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभएको थियो ।


मन्दिरको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष अणबहादुर खड्का, निर्वतमान वडा अध्यक्ष गोबिन्द्रप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा जग्गादाता कृष्णबहादुर बानियाँ र टिकाबहादुर कुँवर, पुजारी शेरबहादुर बरुवाल र रुद्ध घर्ती, मजदुर डम्मबरहादुर घर्ती, उदय खड्कालाई सम्मान गरिएको थियो । स्थानीय महिला अमृता बानियाँ अध्यक्ष रहेको मन्दिरले आर्थिक संकलन र आर्कषक मन्दिर बनाएकोमा अतिथिले धन्यवाद दिएका थिए ।

मन्दिर उद्घाटन कार्यक्रमको अध्यक्षता अमृता बानियाँ, स्वागत पुर्व शिक्षक तिर्थबहादुर बानियाँ र सञ्चालन सचिव सुमन बानियाँले गर्नुभएको थियो । मन्दिरमा आर्थिक संकलनबाट पुननिर्माणपछि करिब २ लाख बचत रहेको छ । यसअगाडी गाउँमा रहेको बालमन्दिर आधारभुत विद्यालय आगलागीबाट जलेर नष्ट भएको अवस्थामा विद्यालयको भवन पुननिर्माण सहितका कार्यमा समेत समुदायले सहयोग गरेका थिए ।

Leave a Comment