---Advertisement---

केबी भण्डारी भन्छन्-‘विश्वास गर्नुस् जितेर गएपछि बजेट पनि ल्याउँछु’

On: February 18, 2026 10:31 PM
Follow Us:

नेपाली कांग्रेस म्याग्दीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चुनावी सभा र घरदैलो कार्यक्रम बुधबार मंगला गाउँपालिकाको वडा नम्बर १,२,५ र बेनी नगरपालिका–४,का विभिन्न ठाउँमा सम्पन्न गरेको छ ।

तुसारेपानीमा आयोजित चुनावी सभामा कांग्रेस म्याग्दीका सभापति एवं निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ ,प्रतिनिधि सभा सदस्यका उम्मेदवार केबी भण्डारी ,राष्ट्रिय पञ्चायत सदस्य नरबहादुर पुन ,युवा अनुसन्धानकर्ता लक्षमण रिमाल , वडा इकाई सभापति रामबहादुर खत्रीले बोल्नुभएको थियो । निवर्तमान राज्यमन्त्री गर्बुजाले आफ्नो छोटो कार्यकालमै म्याग्दीमा अर्ब बढीको बजेट भित्रिएको र त्यसको सफल कार्यान्वयका लागि पार्टीका उम्मेद्वार केबी भण्डारीलाई जिताउन अपिल गर्नुभयो ।

उहाँले केबी भण्डारी सांसद बन्न योग्य रहेको उल्लेख गर्दै देशमा राजनीतिक स्थायीत्व ,सुशासन ,आफ्नो कार्यकालमा अपुरा रहेका योजना पुरा गर्न तथा जिल्लाको थप विकास गर्न कांग्रेस पार्टी र उम्मेद्वार भण्डारीलाई जिताउन आवश्यक रहेको बताउनुभयो । जिल्लाको समग्र विकास र म्याग्दीबासीको सेवामा आफु लामो समयदेखि निरन्तर खट्दै आएको बताउँदै प्रतिनिधि सभा सदस्य उम्मेद्वार भण्डारीले आगामी निर्वाचनमा जिताउन अपिल गर्नुभयो ।

उहाँले म्याग्दीलाई आर्थिक रुपमा समृद्ध जलविद्युत , कृषि ,पर्यटन ,जडिबुटी ,खानी ,तातोपानी कुण्ड लगायत उत्पादनमुलक क्षेत्रमा पुर्वाधार विकास निर्माणलाई थप व्यवस्थित बनाउँदै लगानी भित्र्याएर रोजारी सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । कांग्रेसको पहलमा म्याग्दीमा भित्रिएका योजना कार्यान्वयन ,खानी उत्खननमा नीतिगत समस्याका कारण म्याग्दीले लाभ लिन नसकेको उल्लेख गर्दै आफुले जितेर गएपछि कानुनी नीतिगत समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

सांसदको काम विद्येयक बनाउन मात्र नभई बजेट ल्याउने पनि भएको उल्लेख गर्दै उम्मेद्वार भण्डारीले भन्नुभयो ,‘म कानुनको विद्यार्थी पनि हुँ । विश्वास गरेर भोट दिएर जिताउनुस् ,बजेट पनि ल्याउँछु ,विद्येयक बनाउन संसदमा आवाज पनि उठाउँछु ।’ आफ्नो नेतृत्वमा नेपालमा पहिलोपटक विद्युतीय भोटिङ मेसिन निर्माण भएको बताउँदै कांग्रेस म्याग्दीका उपसभापति समेत रहनुभएका भण्डारीले सुचना प्रविधिको क्षेत्रमा पनि आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Comment