नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले “समृद्ध म्याग्दी, सुखी म्याग्देली’’को सपना पूरा गर्न पार्टी र आफू लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । विगतमा नेकपा एमालेका प्रतिनिधिहरुको सक्रियतामा सुरु भएका विकास निर्माणका योजनाहरू नै अहिले भइरहेको प्रगतिको आधार भएको बताउँदै उम्मेदवार श्रेष्ठले जिल्लाका ठूला योजनाको सुरुवात नै नेकपा एमालेको नेतृत्वमा भएको बताउनुभयो ।

‘हामीले डिपिआर बनाएर सुरु गरेका योजनाहरू अहिले पूर्णता पाइरहेको छ, जिल्लाका ठूला सडक विस्तारमा नेकपा एमालेको पहलका प्रमाणहरु म्याग्देली जनतालाई थाहा छ’ उम्मेदवार श्रेष्ठले भन्नुभयो ।

बेनी दरबाङ सडकमा समानुपातिक उम्मेदवार नरदेबी पुनले आफ्नो प्रदेशसभाबाट प्राप्त हुने बजेट लाम्पाटा क्षेत्रमा कालोपत्रे, मंगला शिक्षा क्याम्पसको भौतिक पूर्वाधार सहित पश्चिम म्याग्दीका विभिन्न विकास निर्माणका योजनाका बारेमा खुल्ला बहस गर्न तयार रहेको उम्मेदवार श्रेष्ठको भनाई छ । म्याग्दी भित्र र जिल्लासँग जोड्ने अन्य ठूला सडकहरु विस्तार तथा स्तरउन्नतीका लागि नेकपा एमालेको नेतृत्वको सरकारबाट भएका कामलाई समेत गलत प्रचार भएको बताइएको थियो ।

मूल निर्वाचन प्रचारप्रसार कमिटीको आयोजनामा बिहिबार धवलागिरि गाउँपालिका–५, मल्कबाङ, मलम्पार, वडा नं ६ मराङ, बुल गाउँका साथै मालिका गाउँपालिका–७, बाइनाफाँटमा आयोजित मतदाता भेटघाटमा जिल्लामा पिछडिएका क्षेत्र, गाउँवस्ती र टोलको विकासमा विशेष ध्यान दिने बताउँदै विगतमा आफू निर्वाचन हार्दा पनि म्याग्देली जनताको साथमै रहेर जिल्लाको सामाजिक तथा हरेक क्षेत्रको विकास र प्रवद्र्धनमा जोड दिएको उम्मेदवार श्रेष्ठको भनाई छ ।

सोही कार्यक्रममा एमालेको तर्फबाट समानुपातिक उम्मेदवार तथा पूर्वमन्त्री नरदेवी पुनले बोल्दै विगतको समयदेखि नै एमालेले म्याग्दीमा विकासका धेरै कामहरु गरेकाले अबको निर्वाचनमा पनि एमालेलाई जिताएर विकास निर्माणका थप कामहरु गर्ने वातावरण बनाउने जिम्मा आम मतदाताहरुको रहेको बताउनुभयो । अबको निर्वाचनमा पनि सूर्यध्वजावाहक एमालेका उम्मेदवारलाई म्याग्देली जनताले जिताउने उहाँको भनाइ छ ।घरदैलो तथा मतदाता भेटघाट गरेको थियो भने उम्मेदवारसहितको टोलीलाई भव्य स्वागत गरेका थिए












