प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्रबाट उम्मेदवार महावीर पुनले बिहिबार मालिका गाउँपालिका–५ देविस्थान र वडा नं ४ ओखरबोका विभिन्न बस्तीमा पुगेर मतदाता भेटघाट गर्नुभएको छ । दोस्रो चरणको चुनावी अभियान देविस्थान, जुग्जा, पन्थोक, दाङ्खा, छापा, आ चिउरीबोट र ओखरबोटमा पुगेर मतदाता भेटघाट गर्नुभएको महावीर पुन निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ।

चुनावी भेटघाटमा उम्मेदवार महावीरले शिक्षामन्त्री हुदाँ देशलाई आवश्यक पर्ने कानुन बनाउन असफल भएपछि संसदबाटै बनाएर छोड्ने लक्ष्य लिएर चुनावी मैदानमा होमिएको बताउनुभएको थियो । चुनावी भेटघाटमा महावीरले झुटो आश्वासन दिएर भोट नमाग्ने बताउँदै आफ्नो उम्मेदवारी कुनै ब्यक्ति, पार्टीप्रति लक्षित नभएको बताउनुभयो ।
‘मलाई अरुको कुरा गर्ने फुर्सद छैन, आफ्नो काम गर्छु, यूवाहरुलाई लिएर अगाडी बढ्छु’ उम्मेदवार पुनले भन्नुभयो । बिहिबार साँझ ओखरबोटमा आयोजित भेटघाटमा पुनले चुनाव अगाडी कुनै प्रतिबद्धता नजनाउने बताउँदै आफ्नो काम हेरेर भोट दिन अनुरोध गर्नुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा शिक्षा क्षेत्रको सुधारलाई पहिलो चुनावी मुद्धा बनाउनुभएको छ ।

आफ्ना सहयोगी र शुभेच्छुकहरुको साथमा मतदाताहरुलाई भेटेर उम्मेदवार डा. पुनले शिक्षा,अनुसन्धान,नवप्रवद्र्धन,रोजगारी,अर्थतन्त्र र विकासका साथै युवाहरुसँग सहकार्य गर्ने योजना बनाएका उम्मेदवार पुनको रोजगार र उद्यमसँग जोडेर देशको अर्थतन्त्र सुधार गरी विकासका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले जीवनी बेचेर कारखाना चलाउने गरेको बताउँदै एक रुपैयाँ पनि भ्रष्टचार नगरेको र भ्रष्टचार गर्नेहरुसँग संगत समेत नगर्ने बताउनुभयो । उम्मेदवार पुनको शुक्रबारको कार्यतालिमा समेत मालिका गाउँपालिकामै रहेको छ ।








