---Advertisement---

मतदातालाई दिएको हरेक बाचा पूरा गरेरै छोड्छु: कांग्रेस उम्मेदवार भण्डारी

On: February 20, 2026 10:11 PM
Follow Us:

नेपाली कांग्रेस म्याग्दीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्णबहादुर भण्डारी केबी ले म्याग्दी जिल्लाको विकासका लागि नेपाली कांग्रेसलाई मतदान गर्न मतदान गर्न आग्रह गर्नुभएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको चुनावी अभियानको पाँचौ दिन धवलागिरी र मालिका गाउँपालिकाका विभिन्न बस्तीमा आयोजित चुनावी सभा तथा घरदैलो कार्यक्रममा हिमाली जिल्ला घोषणा भएपनि कार्यान्वयन नभएको, जिल्लामा आउने विकास बजेटसहित यहाँ रहेको सम्भावनामा लगानी भित्राउने गरी काम गर्ने उम्मेदवार भण्डारीको प्रतिबद्धता रहेको थियो ।


ताकममा आयोजित सभालाई सम्बोधन गदैं उम्मेदवार भण्डारीले म्याग्दी बनाउने र म्याग्देली जनताको आवश्यकता पूरा गर्ने व्यक्तिको रुपमा संसदमा गर्विलो उपस्थिती जनाउने भएकाकाले एकपटक अवसर दिन मतदानलाई अनुरोध गर्नुभएको थियो ।

नेपाली कांग्रेसले ताकम, मालिका गाउँपालिकाको देविस्थान, चिउरीबोटका विभिन्न बस्तीमा पुगेर मतदातासँग साक्षात्कार गदैं आफ्ना नीति, योजना र विकासका प्राथमिकताबारे जानकारी गराएको थियो । मालिका र धवलागिरी गाउँपालिकामा रहेको तामा, ढुंगा खानी उत्खननमा देखिएका नीतिगत तथा कानुनी जटिलताका कारण म्याग्दीले अपेक्षित प्रत्यक्ष लाभ लिन नसकेको बताउँदै एकबर्षभित्र निति बनाएर स्थानीयलाई नै प्रत्यक्ष लाभ हुने गरी काम गर्ने बताउनुभयो ।


चिउरीबोटमा आयोजित प्रमुख चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापति तथा निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’, निर्वाचन परिचालन समितिका संयोजक एवम् पुर्व सभापति रेशमबहादुर बानियाँ लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानीय तहसम्म संगठन सुदृढ बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गर्ने रणनीतिका साथ कांग्रेस म्याग्दीले दोस्रो चरणको अभियानलाई अझ तीव्र बनाएको जनाएको छ ।

Leave a Comment