आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रि«य प्रजातन्त्र पार्टी म्याग्दीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार र डम्बरबहादुर सुबेदी संवैधानिक राजतन्त्र, प्रदेशसभा खारेज गरी हिन्दु राष्ट्र नेपालका लागि राप्रपालाई बहुमत दिनुपर्ने बताउनुभएको छ ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकामा मतदाता भेटघाट कार्यक्रममा बैदेशिक ऋण लिएर प्रदेश सरकार बनाइएको भन्दै खारेज गरी राजसंस्था सहित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको ब्यवस्थाका लागि राप्रपालाई मतदान गर्न उम्मेदवार सुबेदीको अनुरोध गर्नुभएको छ । ‘देशको भलोमा, भोट हलोमा दिनुहोला, अव मत परिवर्तन गर्नुपर्छ’ उम्मेदवार सुबेदीले भन्नुभयो ।

मतदाता भेटघाटका लागि लुलाङ, लम्सुङ, मुना, ताकम लगायतका क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिएको राप्रपा म्याग्दीका यूवा नेता देबेन्द्रबहादुर घिमिरेको भनाई छ ।घरदैलो अभियानमा जिल्ला अध्यक्ष बिरबहादुर थापा लगायत जिल्ला र पालिकास्तरका नेताहरुको उपस्थिती रहेको थियो ।

राप्रपा आधुनिक सोच, समावेशी आर्थिक विकास, सशक्त नेपाली युवाहरू, साहसी महिलाहरू र मेहनती उद्यमीहरूको पक्षमा रहेकाले म्याग्दीको घरदैलो अभियानले नयाँ उर्जा थपिएको राप्रपा म्याग्दीका अध्यक्ष थापाको भनाई छ । म्याग्दीमा राप्रपाबाट समानुपातिक उम्मेदवार समेत रहनुभएका राप्रपा म्याग्दीका संस्थापक एवम् पूर्वराज्यमन्त्री भिमप्रसाद गौचनले समेत मतदाता भेटघाट कार्यक्रम विगतमा भन्दा उत्साह थपिएको बताउनुभएको छ।











