प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्रबाट उम्मेदवार महावीर पुनले शुक्रबार मालिका गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई आश्वासन नभई काम गरेर देखाउने बताउनुभएको छ । मालिका गाउँपालिका वडा नं २ र वडा नं ३ विभिन्न बस्तीमा पुगेर मतदाता भेटघाटमा आफ्नो योजनाहरु ब्यक्तिगत नभई राष्ट्र«का लागि भएकाले चुनावी मैदानमा आएको बताउनुभएको थियो ।

चुनावी भेटघाटमा महावीरले झुटो आश्वासन दिएर भोट नमाग्ने बताउँदै आफ्नो उम्मेदवारी कुनै ब्यक्ति, पार्टीप्रति लक्षित नभएकाले म्याग्दीबासीको हितमा काम गर्ने बताउनुभयो । ‘बोलेर होइन काम गरेर देखाउँछु, मेरो काम सबैले देख्नुभएकै छ’ उम्मेदवार पुनले भन्नुभयो । शुक्रबार विहानैदेखि चुनावी भेटघाटका लागि विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गरेको अभियानमा रहनुभएका यूवा विनोद बुढाथोकीले बताउनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा शिक्षा क्षेत्रको सुधारलाई पहिलो चुनावी मुद्धा बनाउनुभएको छ ।आफ्ना सहयोगी र शुभेच्छुकहरुको साथमा मतदाताहरुलाई भेटेर उम्मेदवार डा. पुनले शिक्षा,अनुसन्धान,नवप्रवद्र्धन,रोजगारी,अर्थतन्त्र र विकासका साथै युवाहरुसँग सहकार्य गर्ने योजना बनाएका उम्मेदवार पुनको रोजगार र उद्यमसँग जोडेर देशको अर्थतन्त्र सुधार गरी विकासका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले जीवनी बेचेर कारखाना चलाउने गरेको बताउँदै एक रुपैयाँ पनि भ्रष्टचार नगरेको र भ्रष्टचार गर्नेहरुसँग संगत समेत नगर्ने बताउनुभयो । राजनीति नभई सेवाका लागि उम्मेदवार बनेको पुनको भनाई छ ।











