---Advertisement---

पोखरामा ६७२ एम्पुल लागुऔषधसहित म्याग्दीका तीन ३ महिला पक्राउ

On: February 20, 2026 11:05 PM
Follow Us:

पोखरा महानगरपालिका ५ प्रस्याङबाट ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले म्याग्दीका तीन महिला पक्राउ परेका छन् । लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई फागुन ६ गते नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा १८ बस्ने ३१ वर्षीया नरकुमारी घर्ती, १८ वर्षीया अस्मिता घर्ती मगर र ४१ वर्षीया कुन्तमाया पाइजा छन्।प्रहरीले उनीहरूको साथबाट डाइजेपाम २ सय २४ एम्पुल, फेनारगन २ सय २४ एम्पुल र ब्रुफिन २ सय २४ एम्पुल गरी कुल ६ सय ७२ एम्पुल लागुऔषध बरामद गरेको छ ।


यसका साथै उनीहरूको साथबाट ८ हजार ५ सय रुपैयाँ नगद र ३ थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको सूचना अधिकारी हरी बहादुर बस्नेतले बेनीअनलाइनलाई जानकारी दिनुभयो । अभियुक्तलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ । यसअगाडी समेत म्याग्दीबाट पोखरामा र पोखराबाट म्याग्दीमा ल्याएर लुकाएको अवस्थामा समेत प्रहरीले लागुऔषध सहित पक्राउ गरेको थियो ।

Leave a Comment