---Advertisement---

बेनीमा नमुना मतदान अभ्यास

On: February 21, 2026 8:35 PM
Follow Us:

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा ‘संयुक्त निर्वाचन सुरक्षा अभ्यास’ तथा नमुना मतदान अभ्यास गरिएको छ। जिल्ला सुरक्षा समितिको संयोजनमा संयुक्त निर्वाचन सुरक्षा अभ्यास सञ्चालन गरिएको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, निर्वाचन कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो।अभ्यासको मुख्य उद्देश्य सुरक्षा निकायका कर्मचारीलाई मतदानस्थल तथा मतदानकेन्द्र सञ्चालनसम्बन्धी जानकारी दिनु र निर्वाचनका समयमा हुन सक्ने विभिन्न परिस्थितिका लागि तयारी गर्नु रहेको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताउनुभयो ।


अभ्यासको क्रममा सुरक्षा फौजले सम्भावित जोखिम र आपतकालीन परिघटनाहरूमा गरिने सुरक्षात्मक कारबाहीको अभ्यास प्रदर्शन गरेको थियो । जिल्ला अधिकारीहरूका अनुसार यस अभ्यासले निर्वाचनमा संलग्न नेपाली सेना तथा अन्य सुरक्षा निकायबीच समन्वय र सहकार्य अझ सुदृढ हुने विश्वास गरिएको छ।कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी आचार्य सहित सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतम लगायत सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।

Leave a Comment