प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगितामा विजय भएको म्याग्दी जिल्ला महिला फुटबल टिमलाई जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको छ । पहिलोपटक म्याग्दीको महिला फुटबल टिमले राष्ट्रि«यस्तरको प्रतियोगिताको उपाधि जितेको खुसीयालीमा सदरमुकाम बेनीबजारमा पञ्चेबाजा सहित बजार परिक्रममापछि जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित सम्मान कार्यक्रममा विजेता प्रति खेलाडीलाई प्रोत्सान स्वरुप २ हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँ, नेपालको महिला राष्ट्रि«य भलिबल टिमकी कप्तान अरुणा शाहीले सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले जिल्लामा उत्कृष्ट खेलसँगै प्रशिक्षणमार्फत खेलाडीको हौसला बढाउन प्रतिबद्ध रहेको बताउनुभयो । ‘खेलाडीको प्रेत्साहनमा कुनैपनि कमी हुन दिने छैनौ, जिल्लालाई चिनाउने खेलाडीको साथमा नयाँ खेलाडी उत्पादन गछौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो।
सोही अवसरमा जिल्ला फुटबल संघका अध्यक्ष बानियाँले समितिमार्फत फुटबललाई दिएको साथ र सहयोगले महिला फुटबलको प्रवद्र्धन, नयाँ खेल प्रतिभाको पहिचान र स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तारमा सहज भएको बताउनुभएको थियो ।

पोखरामा शिव बस्ती सिप्लेनिटार युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघलाई १–० गोल अन्तरले पराजित ग¥यो। खेल सुरु भएको पहिलो मिनेटमै वर्षा ओलीले गरेको गोल नै निर्णायक बनेको थियो।
प्रतियोगितामा म्याग्दीले विभिन्न विधामा समेत उत्कृष्ट घोषित भएको जिल्ला फुटबल संघले जनाएको छ । विजेता टोलीले नगद १ लाखसहित शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले ५० हजारसहित शिल्ड र प्रमाणपत्र हात पा¥यो। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ८ महिला क्लबहरूको सहभागिता रहेको थियो। सम्मान कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले गर्नुभएको थियो ।










