---Advertisement---

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा….

On: February 23, 2026 5:43 PM
Follow Us:

म्याग्दीमा लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउँदै गरेका चार जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वय तथा म्याग्दी कोरला यातायात प्रालिको सहयोगमा कालिपुल बसपार्कमा भएको लागुपदार्थ सेवन परीक्षण गर्दा चार जना चालक लागुपदार्थ सेवन गरेको पाइएको थियो ।

सवारीसाधन दुर्घटनामा चालकको गम्भीर लापरवाही देखिन थालेपछि बेनीबजार तथा मुस्ताङ जाने सवारीसाधनका चालकलाई गरिएको चेकजाँचमा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।


सूचना अधिकारी तिमिल्सिनाका अनुसार नियन्त्रणमा लिइएको काभ्रे भीमपोखरी गाउँपालिका–७का २२ वर्षिय मिलन भुजेल, स्याङ्जा पुतलिबजार नगरपालिका १३ का–२८ वर्षिय बिज्ञान थापा र दोलखा भीमेश्वर नगरपालिका–७ दोलखाका २० वर्षिय सरोज तामाङलाई नियन्त्रणमा लिएको थियो ।

चेकजाँचमा १५ जना सवारी चालकहरुको परीक्षण गर्दा ४ जनामा पोजेटिभ देखिएको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दी, जिल्ला ट्राफिक कार्यालयले मापासेसँगै लापसेको चेकजाँचलाई निरन्तरता दिने जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख विशाल परियारले बताउनुभयो ।म्याग्दीमा सवारीसाधनको चाप बढेसँगै राष्ट्रि«य राजमार्ग जोड्ने क्षेत्रमा समेत छड्के चेकजाँच गरिने छ ।

Leave a Comment