---Advertisement---

छोरी-श्रीमतीको क्रूर हत्यापछि छत्रबहादुर पनि प्रहरीको गोलीबाट मारिए, ज्वाइँ गम्भीर

On: February 24, 2026 12:01 PM
Follow Us:

अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा नेपाली परिवारभित्रै विभत्स हत्या भएको छ। स्थानीय समयअनुसार सोमबार बिहान ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी श्रीमती बिन्दा थापा र छोरी ममता थापालाई १० इन्चको ब्लेड प्रयोग गरेर हत्या गरेका हुन्। 

बिहान ५:१५ बजेतिर घरेलु हिंसाको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। त्यहाँ पुगेपछि अधिकारीहरूले फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले ‘कल्पनाभन्दा बाहिरको भयानक र डरलाग्दो’ दृश्य देखेको भनेर वर्णन गरेका छन्। 

थापाका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले आफ्नो गाडी बाहिरबाट हिउँ हटाउने क्रममा कोलाहल सुनेपछि ९११ मा फोन गरेका थिए। हतार गर्दै भित्र पस्दा बस्नेतले आफ्नी ३१ वर्षीया श्रीमती ममता र ५१ वर्षीया सासू बिन्दालाई रगतले लतपतिएको अवस्थामा भेटे। त्यसपछि छत्रबहादुरले बस्नेतमाथि पनि हतियार प्रहार गरेका थिए। 

गम्भीर चोट लागेको छ उनको स्थानीय अस्पतालमा उपचार जारी छ। प्रहरी आइपुग्दा थापाले बस्नेतमाथि आक्रमण गरिरहेका थिए। प्रहरी अधिकारीहरूले पटक–पटक हतियार छोड्न आदेश दिँदा नमानेपछि प्रहरीले चलाएको गोली लागेर थापाको पनि घटनास्थलमै मृत्यु भयो। 

घरमा रहेको एक वर्षको शिशु भने सुरक्षित छन्। जानकारीअनुसार सो परिवारको कुनै पुरानो आपराधिक इतिहास फेला परेको छैन। प्रहरी प्रमुख डेभिसले यो घटनालाई अत्यन्तै क्रूर भन्दै भने, ‘त्यो मान्छे जुन अशान्तिबाट गुज्रिरहेको थियो, त्यसले उसलाई आफ्नै परिवारका सदस्यलाई त्यसरी क्रूर तरिकाले छुरा प्रहार गर्न बाध्य पार्‍यो। म त्यसलाई लुकाउन सक्दिनँ।’

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ। प्रहरीका अनुसार घटनाको भिडियो र अडियो ३० दिनभित्र सार्वजनिक गरिनेछ।

नेपयोर्कका अनुसार अमेरिकामा रहेका नेपाली समुदायलाई स्तब्ध बनाउने यो घटना सन् २०२५ जुन ५ मा घटेको दुखद घटनापछिको हो। उक्त घटनामा चार नेपाली परिवारले हत्या र आत्महत्या गरेका थिए। तल्लो तलाको अपार्टमेन्टमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र उनीहरूका दुई सन्तानको शव गोली लागेको अवस्थामा भेटिएको थियो।

यसैगरी, नेपाली समुदायले सन् २०२४ अगस्टदेखि हराएकी नर्स ममता काफ्ले भट्टको न्यायका लागि पनि माग गरिरहेको छ। उनको शव फेला नपरे पनि पति नरेश भट्टलाई हत्या र शव लुकाएको अभियोगमा पक्राउ गरिएको छ।

न गर क

Leave a Comment